काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या पाँच सय १६ पुगेको छ । आज ५८ जनामा कारोनाभाइरस पुष्टि भएसँगै सङ्क्रमितका कूल सङ्ख्या पाँच सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार आज साँझ थप नौ जनामा कोरोना पुष्टि भएको छ । नयाँ पुष्टि हुनेमा मकवानपुर हेटौंडा–३ कि ५४ वर्षीया महिला, भक्तपुर–९ कि ४२ वर्षीया महिला, सप्तरीको बलान बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष र बाराको सिम्रनगढ नगरपालिकाका छ जना पुरुष रहेका छन् ।
यसअघि दिउँसो स्वास्थ्य मन्त्रालयले १९ जनामा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि गरेको थियो । सङ्क्रमित हुने कैलालीको जानकी गाउँपालिकाका १९, २३ र २६ वर्षका पुरुष, डडेल्धुराका २८ र बैतडीका २२ वर्षका पुरुष रहेका छन् । त्यस्तै, बाँकेका १४ जना सङ्क्रमित भएका छन् । सङ्क्रतित हुने १८ देखि ६१ वर्ष उमेर समूहका रहेका र स्वास्थ्य अवस्था पनि सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले आज विहान ३० जनामा कोरोना सङ्क्रमणको पुष्टि गरेको थियो ।
कोरोना भाइरस सङ्क्रमण भएका थप २१ जना आज निको भई घर फर्किएका छन् । आज निको हुने सबै सङ्क्रमित बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइराखेका थिए । निको हुनेमा महिला नौ र पुरुष १२ रहेका छन् । योसँगै निको हुनेको सङ्ख्या ७० पुगेको छ । २० दिनको अस्पताल बसाइपछि उनीहरु आज घर गएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
त्यसैगरी हालसम्म कोरोनाभाइरस सङ्क्रमण हुने जिल्ला ४० पुगेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । सरकारले हालसम्म पिसिआर विधिबाट ४२ हजार ४८८ को परीक्षण गरेको छ भने आरडिटीबाट ८२ हजार ११६ को परीक्षण गरेको छ ।