सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दिल्लीबाट एम्बुलेन्स फेर्दै आएका थिए चितवनका संक्रमित, घरमै क्वारेन्टाइनमा बसेका थिए


  •    न्युजभित्तो/९ जेष्ठ २०७७, शुक्रबार १७:४१ 
  • गीतानगर (चितवन) । चितवनको गीतानगरमा भेटिएका दुई जना संक्रमित भारतको दिल्लीबाट दुई वटा एम्बुलेन्स प्रयोग गर्दै नेपाल आएको पाईएको छ । दिल्लीबाट नेपालको सीमा कृष्णनगरसम्म एउटा एम्बुलेन्स र त्यहाँबाट अर्काे एम्बुलेन्समा उनीहरु आएका हुन् ।

    भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीका अनुसार उनीहरु जेठ ३ गते यहाँ आईपुगेका थिए । भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार कोरोना भाइरस पोजेटिभ देखिएका उनीहरुलाई राती २ बजे भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ल्याइएको छ । सो प्रयोगशालामा बिहीबार परीक्षण भएका १३१ जनामध्ये चितवनका दुई र नवलपरासीका एकजनामा पिसिआर परीक्षण पोजेटिभ देखिएको थियो ।

    भरतपुर महानगरपालिका वडा नं.६ केशरबागका वृद्ध दम्पत्तीमा पोजेटिभ देखिएको हो । सुवेदीका अनुसार ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धामा पोजेटिभ देखिएको छ । उनीहरुसँगै फर्किएका जेठा छोराको भने परीक्षण नेगेटिभ देखिएको छ । वृद्ध वृद्धा र सँगै फर्किएका छोरा पनि अस्पताल आएका छन् ।

    बृद्ध दम्पत्ती र छोरा गत चैत २ गते उपचारको लागि दिल्ली गएको उनका कान्छा छोरालाई उदृत गर्दै सुवेदीले जानकारी दिनुभयो । बृद्ध (बुबा) को क्यान्सरको उपचार गर्न उनीहरु दिल्ली गएका थिए । दिल्लीको राजीवगान्धी अस्पतालमा उनलाई तेस्रो साईकलको केमो चढाईएको बताईएको छ ।

    दिल्लीबाट फर्किएपछि उनीहरु घरको माथिल्लो तल्लामा क्वारेन्टाइनको नियम पालन गर्दै बसेका थिए । दुई छोरा, दुई बुहारी र दुई नातिनातिना समेत ८ जनाको परिवार रहेको भए पनि दिल्लीबाट फर्किएका तीनै जना अलग्गै बस्दै आएको पाईएको सुवेदीले जानकारी दिनुभयो । सुवेदीले भन्नुभयो “उनीहरु आफैलाई शंका लागेर क्वारेन्टाइनको नियम पालन गरेको देखियो ।” क्न्ट्याक्ट ट्रेसिङमा खटिनु भएका सुवेदीका अनुसार उनीहरु बिहीबार आफै परीक्षण गर्न भरतपुरस्थित ल्याब आएका थिए ।

    स्थानीयहरुले पनि उनीहरु दिल्लीबाट आएपछि घरबाट बाहिर ननिस्केको बताएका छन् । घर नजिकै एउटा घर भए पनि अन्य घर भने धेरै टाढा टाढा रहेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले संक्रमित देखिएको टोललाई शिल गरेर कन्ट्याक ट्रेसिङको काम भईरहेको बताउनुभयो ।

    यस्तै नवलपरासीका संक्रमितलाई बिहानै सो अस्पताल ल्याइएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीका अनुसार ४५ वर्षीय ती पुरुष विनय त्रिवेणी नगरपालिका वडा नं ६ का हुन् । उनी जेठ १ गते भारतको गुजरातबाट आएका थिए । आएलगत्तै उनलाई पश्चिम नवलपरासीको क्वारेन्टिनमा राखिएको थियो । उनी जेठ ६ गतेदेखि आफ्नै वडाको क्वारेन्टिनमा बसेका थिए । जेठ ७ गते बेलुका ज्वरो आएपछि उनीलाई उपचारका लागि चोरमारा स्वास्थ्य केन्द्रमा ल्याईएको थियो । पोजेटिभ देखिएलगत्तै उनलाई भरतपुर कोरोना अस्पताल ल्याईएको हो ।

    संक्रमण देखिएका तीन जना र यसअघिका नवलपरासीबाटै ल्याईएका एक गरी चारैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको डा. तिवारीले जानकारी दिनुभयो ।

    यस अघि राप्ती नगरपालिकाका दुई जना आमा छोरामा कोरोना संक्रमण भएपछि भरतपुर अस्पतालमा उपचारगरी निको भएर घर फर्किसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.