सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रम ओली कम्बोडिया प्रस्थान, ‘भियतनाम भ्रमण अत्यन्तै सफल’


  •    /३० बैशाख २०७६, सोमबार ०८:५५ 
  • हनोइ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही वैशाख २६ गते यहाँ आउनुभएको थियो ।

    भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले भारत नेपाल व्यवसायी मञ्च, हो चि मिन्ह एकेडेमी अफ पोलिटिक्स र संयुक्त राष्ट्रसङ्घीय वैशाख दिवसलाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्रीका साथ उहाँका नेपाली प्रतिनिधिमण्डल पनि रहेको छ ।

    यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमणबारे रासस प्रतिनिधि दीपेन्द्र अधिकारीलाई विशेष संक्षिप्त अन्तर्वार्ता दिनु भएको छ । अन्तर्वार्ताको सारसंक्षेप यसप्रकार छ :

    भियतनाम भ्रमण अत्यन्तै सफल : प्रम ओली

    १) प्रधानमन्त्रीज्यू भियतनामको भ्रमण समग्रमा कस्तो रह्यो ?
    यो भ्रमण अत्यन्तै सफल र फलदायी रह्यो । यसका दुई पाटा थिएः

    पहिलो औपचारिक पाटो सरकारको तर्फबाट र दोस्रो अन्तर्राष्ट्रिय बुद्ध जयन्तीका अवसरमा ११२ राष्ट्रका प्रतिनिधिबीच बुद्धको जन्मस्थलको प्रतिनिधिको हैसियतले बुद्धका विचार, आदर्श र आजको दिनमा त्यसको सान्दर्भिकताको बारेमा विश्व समुदायलाई जानकारी दिनु, यी दुवै सन्दर्भबाट यो भ्रमण सफल र सार्थक रह्यो ।

    २) यो भ्रमणले अब नेपाल र भियतनामबीच कूटनीतिक र व्यापारिक सम्बन्धलाई अगाडि बढाउन कतिको सफल र सहज रहला ?

    हो, नेपाल र भियतनाम लामो समयदेखिका मित्रहरू हुन् जसको कूटनीतिक सम्बन्ध स्थापित भएको करिब चार दशक भएको छ तर प्रधानमन्त्रीको स्तरमा यो मेरो भ्रमण पहिलो हो । यस सिलसिलामा विभिन्न पक्षसँग घनिभूत छलफल भएका छन् । अब हाम्रो कूटनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक र अन्य बहुपक्षीय सम्बन्ध सुदृढ र सुमधुर हुन्छ । व्यापार विस्तार हुन्छ । नेपाली उत्पादनको निर्यात बढ्छ । करीब दश करोड जनसङ्ख्या भएको देशमा नेपाली उत्पादनको निर्यात बढाउनुपर्छ । यो भ्रमणबाट ती काम हुन्छन् ।

    ३) यहाँले विश्व समुदायसँग आगामी वर्ष वैशाख दिवसको कार्यक्रम नेपालको लुम्बिनीमा गर्ने उद्घोष गर्नुभएको छ, त्यसको तयारी के छ रु

    मैले यस विषयमा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग छलफल गरेको छु र केही आन्तरिक तयारी पनि हुँदैछ ।

    ४) यो भ्रमण साना र विकासशील देशको सहकार्य र एकताको लागि पनि हो कि ?

    अवश्य पनि, हामी हाम्रा जस्ता समानता भएका देशसँग सहकार्य र एकता अगाडि बढाउछौँ । हिजोका दिनमा हामीले असंलग्न आन्दोलनलाई निकै मजबुत बनाएका थियौँ, अब फेरि यस्ता सामयिक मुद्दा सशक्तरूपले अगाडि बढाउनुपर्ने छ ।

    ५) यो भ्रमणको सिलसिलामा केही दुई पक्षीय सम्झौता भएका छन् अब यसको कार्यान्वयन पक्ष कस्तो रहला ?

    यी सम्झौता छिट्टै कार्यान्वयनमा आउँछन् । यसका लागि परराष्ट्र सचिवस्तरको संयन्त्र बनेको छ यसले आजबाटै काम शुरु गरेको छ ।

    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.