सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा दुईसहित ३० कोरोना सङ्क्रमित थपिए, कूल सङ्क्रमित ४८७


  •    न्युजभित्तो/९ जेष्ठ २०७७, शुक्रबार ०९:२६ 
  • चितवन । चितवनमा दुई र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एकसहित आज ३० जना कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय ८७ पुगेको छ ।

    चितवनको भरतपुर महानगरपालिका वडा नम्वर–६, केशरबाघका दुई वृद्धमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभएको छ । केशरबाघका ७३ वर्षीया महिला र ७४ वर्षीय पुरुषमा कोरोना भेटिएको हो । त्यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–६ का ४५ वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    भरतपुरको केशरबाघमा कोरोना पुष्टि भएका दुई वृद्ध पतिपत्नी हुन् । उपचारका लागि भारतको दिल्ली गएका उनीहरु यही जेठ ३ गते उपचारपछि घर फर्किएका थिए । केशरबाघ पुग्नुभएका पत्रकार रमेश पौडेलका अनुसार दम्पत्तीमा कोरोना सङ्क्रमण भेटिएपछि प्रहरीले अहिले उनीहरुकोसहित वरिपरिका एघार घर ‘सील गरेको छ । उनीहरुलाई उपचारका लागि भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल लगिसकिएको पनि पौडेलले जानकारी दिनुभएको छ ।

    चितवनमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । यसअघि चितवनमा दुई जनामा कोरोना भेटिएको थियो । पिसिआर परीक्षणका क्रममा राप्ती नगरपालिकाका दुई र नवलपुरका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पुष्टि भएकामध्ये राप्ती नगरपालिका वडा नं ८ का आमा छोरा सङ्क्रमण निको भएर घर फर्किसकेका छन् भने नवलपुरका एक जनाको भरतपुर कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

    आज थपिएका कोरोनाभाइरस सङ्क्रमितहरुमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ का ३३ वर्षीय पुरुष र रामग्राम नगरपालिका–३ का ३५ वर्षीय पुरुष र वडा नम्वर– १८ कि १५ वर्षीय बालिका रहेका छन् ।

    त्यसैगरी, कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका आठ जना पुरुष र ८ वर्षीय बालिका तथा सर्लाहीको गोडैता नगरपालिका र रामनगर बहुअर्वा गाउँपालिकाका १४ पुरुष र एक महिलामा पनि कोरोना सङ्क्रमण भेटिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.