कोभिड–१९ : आज थप १७ जनामा पुष्टि, कूल सङ्क्रमित ४४४
न्युजभित्तो/८ जेष्ठ २०७७, बिहीबार ०९:२२
काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण आज थप १७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप सङ्क्रमण देखिएको बताउनुभयो । आज नयाँ थपिएसँगै सङ्क्रमित ४४४ पुगेका छन् ।
नयाँ सङ्क्रमितमा झापाका १५ तथा धनकुटा र सुनसरीका एकएक छन् । सहप्रवक्ता डा. अधिकारीका अनुसार नयाँ सङ्क्रमितमा झापा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षीय पुरुष, धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिला छन् । बुधबार २५ जनामा सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ४५ जना पूर्णरूपमा स्वस्थ्य भई घर फर्किसकेका छन् ।