सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थप २७ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमित सङ्ख्या चार सय नाघ्यो


  •    न्युजभित्तो/६ जेष्ठ २०७७, मंगलवार १९:४५ 
  • काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण आज २७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज विभिन्न ठाउँमा गरिएको स्वास्थ्य परीक्षणमा विभिन्न १३ जिल्लाका मानिसमा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार झापाका नौ, मोरङका एक, सुनसरीका एक, सर्लाहीका दुई, मकवानपुरका एक, भक्तपुरका एक, काठमाडौँका तीन, ललितपुरका एक, सिन्धुलीका एक, कपिलवस्तुका चार, नवलपरासीका एक, रामेछापका एक र लमजुङका एकजनामा कोरोना सङ्क्रमण देखिएको हो ।

    आज २७ जना थपिएपछि सङ्क्रमितको सङ्ख्या ४०२ पुगेको छ । यसैगरी ३६ जिल्लामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । आज देखिएका सङ्क्रमितमा २४ पुरुष र तीन महिला छन् ।

    प्रवक्ता डा देवकोटाले सङ्क्रमितको हाल रहेको र स्थायी ठेगानाअनुसार कन्ट्याक्ट ट्रेसिङ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरिरहेको बताउनुभयो । उहाँले आज कोशी अस्पतालबाट एकजना थप स्वस्थ भई घर फर्किनुभएको जानकारी दिनुभयो । यसरी स्वस्थ भई घर फर्कनेको सङ्ख्या ३७ पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.