सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा कोभिड–१९ बाट एकजनाको मृत्यु, मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला


  •    न्युजभित्तो/३ जेष्ठ २०७७, शनिबार २१:४० 
  • काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) बाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीय महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको छ ।

    मृत्यु हुने सुत्केरी हुन् । उनले गएको वैशाख २४ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बच्चा जन्माएकी थिइन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षण पश्चात उनको कोभिड–१९ बाट मृत्यु भएको पुष्टि गरेको हो । उनको बिहीबार राति मृत्यु भएको थियो ।

    बच्चा जन्माएपछि २५ गते घर सिन्धुपाल्चोक पठाइएकी उनमा ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराइएको तथा स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि धुलिखेल अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभएको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना हो ।

    धुलिखेल अस्पतालका प्रवक्ता एवं प्रसूतिरोग विशेषज्ञ डा सुमनराज ताम्राकारले ती सुत्केरी महिलाको मृत्यु भएपछि हिजो नै थप परीक्षणका लागि स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको बताउनुभयो । उनको बाह्रबिसेस्थित अस्पतालमा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको र धुलिखेल अस्पतालमा हिजो पोलिमरेज चेञ्ज रियाक्सन (पिसीआर) परीक्षणमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि काठमाडौँ पठाइएको डा ताम्राकारले जानकारी दिनुभयो । आज स्वास्थ्य मन्त्रालयले मृतक महिलाको स्वास्थ्यका विषयमा थप परीक्षण पश्चात कोभिड–१९ बाटै उनको मृत्यु भएको आधिकारिक पुष्टि गरेको हो ।

    कोभिड–१९ बाट मृत्यु भएकी सुत्केरी महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरसको सङ्क्रमण भए/नभएको परीक्षण गर्न आज दिउँसो स्वाब सङ्कलन गरिएको र उहाँहरूलाई अस्पतालको क्वारेन्टिनमा राखिएको छ ।

    उनको उपचारमा संलग्न चिकित्सक, नर्स तथा पारामेडिकललगायत गार्डसमेतको स्वाब सङ्कलन गरी उहाँहरूलाई पनि अस्पतालको क्वारेन्टिनमा राखिएको छ । मृतक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि शुक्रबारदेखि नै अस्पतालमा उच्च सतर्कता अपनाइएको अस्पतालले जनाएको छ ।

    यसैबीच, नेपालमा कोभिड–१९ पुष्टि भएकाहरुको सङ्ख्या दुई सय ८१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा पछिल्लो पटक धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.