आज २७औँ मदन–आश्रित स्मृति दिवस, नेकपालाई थप सशक्त बनाउने अध्यक्षद्वयको प्रतिबद्धता
न्युजभित्तो/३ जेष्ठ २०७७, शनिबार ०९:५२
काठमाडौँ । आज जेठ ३ गते, तत्कालीन नेकपा (एमाले)का महासचिव जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितको २७औँ स्मृति दिवस । २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको रहस्यमयी जीप दुर्घटनामा मदन–आश्रितको निधन भएको थियो । उहाँहरु चढेको जीप नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने दासढुङ्गाबाट त्रिशूली नदीमा खसेको थियो ।
उक्त रहस्यमयी दुर्घटनामा मदन–आश्रितको निधन भएपनि जीप चालक अमर लामा भने सकुशल रहेका थिए । लामाको २०६० सालमा माओवादी सशस्त्र द्वन्द्वको बेला गोली हानेर कीर्तिपुरमा हत्या भएको थियो। दासढुङ्गा घटनाका एकमात्र साक्षी लामाको हत्यापछि उक्त घटनालाई अझै रहस्यमयी रुपमा लिइएपनि उक्त घटनाको छानवीन भई सत्य, तथ्य अझै उजागर हुन सकेको छैन ।
कम्युनिष्टहरु पनि नागरिकको मतबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गर्नुभएको थियो । सोही जगमा टेकेर तत्कालीन नेकपा (एमाले)ले जनताको मन जित्न सफल भएको थियो । पार्टी एकीकरणपछि बनेको नेकपामा पनि जबजलाई नै मूल कार्यक्रमको रुपमा अगाडि बढाउनुपर्ने एकथरिको मत छ ।
आजै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरणको दोस्रो वर्षगाँठ पनि हो । तत्कालीन नेकपा (एमाले) र एनेकपा माओवादीबीच दुई वर्षअघि मदन–आश्रित स्मृति दिवसकै दिन एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो ।
यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वक्तव्य जारी गरी स्वर्गीय नेताद्वय मदन–आश्रितप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । वक्तव्यमा अध्यक्षद्वयले कम्युनिस्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीको एकता नेपालको राजनीतिमा सामान्य घटना नभएको उल्लेख गर्नुभएको छ ।
‘ठूलो पार्टी बनाउने प्राविधिक विषय मात्र होइन, कम्युनिस्ट आन्दोलनको टुटेको कडीलाई जोड्दै सशक्त कम्युनिस्ट पार्टी निर्माण र मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई श्रमजीवी जनताको पक्षमा अनुकूल बनाउने पहलकदमी पनि हो,’ अध्यक्षद्वयको विज्ञप्तिमा भनिएको छ, ‘देशभक्त शक्तिहरूको एकतालाई अझ सशक्त बनाउने र जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादको आधारशीला निर्माण गर्ने ऐतिहासिक कदम हो ।’
उहाँहरूले नेकपाको पार्टी एकतालाई जनताले अनुमोदनसमेत गरेको चर्चा गर्नुहुँदै सामाजिक–आर्थिक रूपान्तरण र समृद्ध नेपाल निर्माणको ऐतिहासिक जनादेश नेकपालाई प्राप्त भएको उल्लेख गर्नु भएको छ । अध्यक्षद्वयले ‘दलाल नोकरशाही पुँजीवादी शोषण, उत्पीडन र बाह्य हस्तक्षेपलाई परास्त गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका सामन्तवादका अवशेषहरूलाई समाप्त गरिने’ प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माण गर्ने विषयलाई तात्कालिक कार्यभारका रूपमा तय गर्दै तिनलाई कार्यान्वयन गर्न पार्टी नेतृत्व केन्द्रित रहेको समेत स्पष्ट पारिएको छ । संयुक्त विज्ञप्तिमा भनिएको छ, “स्वस्थ छलफलमा आधारित उन्नत वैचारिक एकता, स्वअनुशासनमा आधारित उन्नत सङ्गठनात्मक एकता र उच्च संस्कारयुक्त, भावनात्मक एवं कमरेडली सम्बन्धले मात्रै यो ऐतिहासिक दायित्व पूरा गर्न सकिन्छ ।’
पार्टी एकताको वैचारिक, राजनीतिक जगका रूपमा माक्र्सवाद–लेनिनवादको मार्गदर्शनलाई लिइएको र रणनीतिक लक्ष्यका रूपमा वैज्ञानिक समाजवाद रहेको वक्तव्यमा उल्लेख छ । नेपालको विशिष्ट परिस्थितिमा त्यसको सिर्जनात्मक प्रयोग र विकास गरी तात्कालिक कार्यक्रमका रूपमा जनताको जनवादलाई अगाडि सारिएको उल्लेख छ ।
“संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाजप्रति प्रतिबद्ध छौँ,” वक्तव्यमामा उल्लेख छ, “बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा नेकपा प्रतिबद्ध छ ।”
पार्टीले जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट सामाजिक–आर्थिक रूपान्तरण गर्ने तात्कालिक लक्ष्य निर्धारण गरेको छ । राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एवं लोकतान्त्रिक मूल्यसहितको समाजवादको आधार निर्माण गर्ने विषयलाई समेत प्रमुखताका साथ निर्धारण गरेको वक्तव्यमा जनाइएको छ ।
वक्तव्यमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थुप्रै कठिनाइ र सीमाका बाबजुद पनि उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख छ । पार्टीको सङ्गठनात्मक एकीकरण आधारभूत रूपमा सम्पन्न गरिएको चर्चा गर्दै ‘पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्दै एकता महाधिवेशनको तयारी गर्ने योजना कोरोना भाइरस (कोभिड–१९)का कारण प्रभावित भएको वक्तव्यमा जनाइएको छ । वक्तव्यमा भनिएको छ, “अब पनि एकीकरणका बाँकी कामहरूलाई छिट्टै सम्पन्न गर्दै पार्टीको सम्पूर्ण शक्तिलाई राष्ट्रिय राजनीतिक अभिभारा पूरा गर्नमा केन्द्रित गर्नु आवश्यक छ ।”