सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्व राजा ज्ञानेन्द्रलाई मिल्यो पास, झापाबाट काठमाण्डौंतर्फ प्रस्थान


  •    न्युजभित्तो/२ जेष्ठ २०७७, शुक्रबार ०९:५९ 
  • झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाबाट काठमाडौं आउने पास पाउनु भएको छ । उहाँ दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानमा रहेको निवासबाट शुक्रबार बिहान सवारी साधन पास लिएर काठमाण्डौ फिर्ता हुनुभएको हो ।

    कोभिड –१९ को रोकथामका लागि सरकारले चैत ११ गते लकडाउन लागू गर्नुअघिदेखि उहाँ झापामा रहनुभएको थियो । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसमेत पाँच जनाको सवारी पास जारी गरिएको बताउनुभयो ।

    पूर्वराजा शाहका तर्फबाट उहाँको सचिवालयले काठमाण्डौ जानका बिहीबार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो । अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानाले जानकारी दिनुभयो ।

    पूर्वराजाका सहयोगीले इमेलमार्फत सवारी पास लिन निवेदन दिएपछि प्रशासन कार्यालयले पास दिएको थियो । तर गृह मन्त्रालयको स्वीकृति नलिई सवारी पास दिन नपाइने भएपछि प्रशासन कार्यालयले उक्त पास रद्ध गरेको थियो । पुनः गृह मन्त्रालयको अनुमति लिएर बिहीबारै पास उपलब्ध गराईएको प्रजिअ रानाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.