काठमाडौँ । थप नौ जनामा कोरोनाभाइरस (कोभिड–१९) पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज विहान प्रेस विज्ञप्ति जारी गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा कोरोनाभाइरसका नौ जना नयाँ सङ्क्रमित फेला परेका जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार नयाँ सङ्क्रमण पुष्टि हुनेहरुमा मकवानपुरका ३७ वर्षीय पुरुष तथा बाँकेको नैनापुर–१, ३, र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय पुरुष रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका पनि सहप्रवक्ता डा. अधिकारीले बताउनुभएको छ ।