सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सञ्चार क्षेत्रको प्रवर्धनका लागि अर्थमन्त्रीलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिको नौ बुँदे सुझाव


  •    न्युजभित्तो/१ जेष्ठ २०७७, बिहीबार ११:३८ 
  • काठमाडौँ । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आगामी बजेटमा समेट्नुपर्ने सञ्चार क्षेत्रका प्राथमिकताका विषयमा आज सुझाव दिएको छ ।

    समितिका अध्यक्ष राजेन्द्र अर्यालले बुझाएको नौ बुँदे सुझावपत्रमा कोरोना जोखिमका कारण प्रभावित सञ्चार क्षेत्रलाई विशेष व्यवस्था गर्नुपर्ने उल्लेख छ । समितिको सुझावमा कोरोना प्रभावित जिल्ला र काठमाडौँमा फिल्डमा खटिएका सञ्चारकर्मीको पिसिआर परीक्षण गराउन तथा उनीहरुको जीवनबीमा साथै ‘कोरोना पत्रकार राहत कोष’ स्थापना गर्नुपर्ने उल्लेख छ ।

    कोरोना सङ्क्रमण र लकडाउनलाई आधार बनाई कतिपय सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार, कामदार र कर्मचारीको सेवा सुविधा कटौती गर्ने, पारिश्रमिक घटाउने, पारिश्रमिक रोक्का राख्ने, बेतलबी बिदामा पठाउने, कामबाट निष्काशन गर्ने जस्ता कार्य तत्काल रोक्न निर्देशन दिनुपर्ने, श्रमजीवी पत्रकारका लागि सरकारी र सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाबाट ५० प्रतिशत छुटमा स्वास्थ्य उपचार गर्ने निर्णय कार्यान्वयन गर्नुपर्ने, विपत्का बेला सञ्चारकर्मीलाई पर्याप्त ज्ञान सीपको विकासका लागि सबै प्रदेशमा राष्ट्रिय आमसञ्चार प्रतिष्ठानको स्थापना गर्नुपर्ने पनि सुझावमा उल्लेख छ ।

    यसैगरी स्वरोजगारीमूलक (साना लगानीका) मिडियाको संरक्षण र सम्बर्धनका लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराउनुपर्ने, लोककल्याणकारी विज्ञापन समयसापेक्ष वृद्धि गरी सहज र सरल ढङ्गले भुक्तानीको व्यवस्था गर्नुपर्ने, समानुपातिक विज्ञापन नीति कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठनको व्यवस्था गर्नुपर्ने सुझाव पनि उल्लेख छ ।

    कोरोना सङ्क्रमणविरुद्ध अग्रमोर्चामा रहेर नागरिकलाई सुसूचित गर्ने प्रमुख दायित्व निर्वाह गरिरहेका सञ्चारकर्मीका लागि सञ्चार साधन खरिदमा छुटसहित आवश्यक सहुलियतको व्यवस्था गर्न तथा सञ्चारमाध्यमका लागि यस वर्षको रोयल्टी र नवीकरण शुल्कमा पूरै छुट गर्न तथा विद्युत्, टेलिफोन, इन्टरनेट महसुलमा छुट तथा अन्य प्रेस सामग्री खरिदमा कर छुटसहितको राहत प्याकेज घोषण गर्नुपर्ने पनि सुझावमा उल्लेख छ ।

    मिडिया क्षेत्रलाई सेवामूलक उद्योगमा मान्यता दिन र सामाजिक सञ्जाल तथा गुगल एडसेन्सबाट हुने विज्ञापनमा रोक लगाउनाका साथै क्लिन फिड लागु गर्नका लागि आवश्यक कदम चाल्न पनि समितिले सुझाव दिएको अध्यक्ष अर्यालले जानकरी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.