चितवन । पूर्वमन्त्री लीलाराज विष्टको ८७ वर्षको उमेरमा निधन भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर–१० का स्थायी बासिन्दा विष्टको बुधबार दिउँसो करिब ३ बजे काठमाडौँमा निधन भएको हो ।
स्वर्गीय विष्टको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । काठमाडौँमा रहेको छोराको घरमा भर्याङ्बाट तल झर्ने क्रममा लडेर बेहोस हुनुभएका उहाँको त्यसको केहीबेरमा घरमै निधन भएको पारिवारिक श्रोतले बताएको छ । उहाँकी श्रीमतीको एक वर्षअघि निधन भएको थियो । उहाँ दुई महिनाअघि उपचार तथा पारिवारिक भेटघाटका लागि काठमाडौँ जानुभएको थियो ।
विष्टले पञ्चायतकालमा पटक पटक गरी लामो समयसम्म गृह, स्थानीय विकासलगायतका मन्त्रालय सम्हाल्नुभएको थियो । उहाँ पञ्चायतकालका एक चर्चित मन्त्री हुनुहुन्थ्यो ।