"रुपन्देहीका चार र दश वर्षका बालिकामा पनि कोरोना "
न्युजभित्तो/३१ बैशाख २०७७, बुधबार २१:२०
काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बुधबार साँझसम्म दुई सय ४३ पुगेको छ । आज थप २६ जनामा कोरोना भेटिएपछि कूल सङ्क्रमितको सङ्ख्या दुई सय ४३ पुगेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीकाअनुसार आज कोरोना पुष्टि हुनेहरुमा रुपन्देहीका १२ जना, कपिलवस्तुका नौ जना, पर्साका तीन जना तथा नवलपरासी र नेपालगञ्जका एक÷एक जना रहेका छन् । आज कोरोना पुष्टि हुनेमा चार वर्षीय बालिकादेखि ७४ वर्षका पुरुषसम्म रहेका छन् । रुपन्देहीका चार र दश वर्षीय बालिकामा पनि कोरोना भेटिएको हो ।
उनीहरुमध्ये २२ जना पुरुष र चार जना महिला रहेका छन् । हालसम्म प्राप्त विवरण अनुसार सङ्क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीले जानकारी दिनुभएको छ ।