चितवनकी कोरोना संक्रमित ६३ वर्षिया महिला अस्पतालबाट डिस्चार्ज
न्युजभित्तो/३१ बैशाख २०७७, बुधबार १७:१९
भरतपुर । भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षिया कोरोना संक्रमित महिला बुधबार डिस्चार्ज भएकी छन् । राप्ती नगरपालिका वडा नं. ८ निवासी उनीको स्वाब टेष्ट नेगेटिभ आएपछि डिस्चार्ज भएकी हुन् ।
संक्रमित महिलासंगै संक्रमित छोरा पनि सँगै एम्बुलेन्स चढेर घर फर्किएका छन् । यसअघि नै निको भइसकेका उनका संक्रमित २७ वर्षीय छोरा आमाको स्याहार गर्दै आमासँगै रहेका थिए । ती महिलाको भने निरन्तरत रिपोर्ट पोजिटि आइरहेको थियो । तर पछिल्लो दुई पटक गरिएको परीक्षणमा महिलामा कोरोना रिपोट नेगेटिभ आएको हो ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.श्रीराम तिवारीले संक्रमित दुवैको अवस्था अहिले सामान्य रहेको र अझै दुई साता घरमै क्वारेन्टिनमा बस्नुपर्ने बताउनुभयो । सोही अनुरुप राप्ती नगरपालिकालाई बिरामीको जिम्मा लगाईएको छ । बिरामी लिन राप्ती नगरपालिका प्रमुख प्रभा बराल अस्पताल आउनु भएको थियो ।
दुवैलाई वैशाख ४ गते भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनीहरुको स्वाब पुनः टेकु प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा पनि पोजिटिभ देखिएपछि वैशाख ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । दुवै आमा छोरा गत चैत ३ गते बेलातबाट नेपाल आएका थिए भने चैत ५ गते चितवन आइपुगेका थिए ।