सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित


  •    न्युजभित्तो/३१ बैशाख २०७७, बुधबार ११:२३ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकजना स्थायी कमिटी सदस्यको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण भएपछि आजका लागि बोलाइएको पार्टीको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लाग बोलाइएको स्थायी कमिटी बैठक स्वास्थ्य सुरक्षा लगायतका कारण स्थगित भएको बताइएको छ ।

    स्थायी कमिटीका सदस्य डा. भीमबहादुर रावलको सुरक्षामा खटिएका एक जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनिश्चित कालका लागि बैठक स्थगित गर्नुभएको हो । देशका विभिन्न स्थानबाट स्थायी कमिटी सदस्यहरु आउने तथा उनीहरुको स्वास्थ्य परीक्षण नगरिएको तथा काठमाडौँ लगायतका स्थानमा कोरोना संक्रमितको संख्या बढेपछि स्थायी कमिटी स्थगित गरिएको नेकपाले जनाएको छ ।

    नेकपाको आजको स्थायी कमिटी बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेट, सरकारले चालेको कोरोना विरुद्धको अभियानको समिक्षा र भारतीय अतिक्रमणकारी नीति विरुद्ध प्रस्ताव पारित गर्ने तयारी गरिएको भएपनि स्वास्थ्य सुरक्षाका कारण स्थगित गरिएको हो । भारतले हालै नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्र हुँदै चीनको मानसरोबार जोड्ने सडकको उद्घाटन गरेको थियो । नेपाली पक्षसँग समन्वय तथा अनुमति नलिईकन भारतले नेपाली भूमिमा समेत सडक बनाएपछि यसको चौतर्फी विरोध भईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.