सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मङ्गलबार ८३ जनामा कोरोना पुष्टि, पर्साका मात्रै ५७ जना, सङ्क्रमित सङ्ख्या २१७ पुग्यो

"पर्सामा सङ्क्रमित हुनेमध्ये दुई जना पत्रकार पनि "

  •    न्युजभित्तो/३० बैशाख २०७७, मंगलवार २३:४० 
  • काठमाडौँ । मङ्गलबार एकै दिन ८३ जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण भेटिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय १७ पुगेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिउँसो १ः१०मा जारी गरेको प्रेस विज्ञप्तिमा ५७ जना र बेलुकी १०ः१५ मा जारी गरेको प्रेस विज्ञप्तिमा २६ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी गराएको हो । मङ्गलबार पुष्टि भएका सङ्क्रमित मध्ये पर्सा जिल्लाका मात्रै ५७ जना रहेका छन् ।

    मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बेलुकी सङ्क्रमण पुष्टि हुने २६ जनामा पर्सा जिल्लाका १८ जना रहेका छन् । जसमध्ये छ जना महिला र १२ जना पुरुष रहेका छन् । महिलाहरु २२, २८, २८, ३२, ४५ र ६० वर्ष उमेरका छन् भने पुरुषहरु १६, २२, २४, २५, २५, २८, २८, ३२, ५९, ५५, ६१ र ६१ वर्षका रहेका छन् ।

    त्यसैगरी, महोत्तरीका १६ र ३५ वर्षीय पुरुषहरु, धनुषाका २० वर्षीय महिला र ४० वर्षीय पुरुष, भक्तपुरका २५ वर्षीय महिला र २७ वर्षीय पुरुष, काठमाडौँका ३३ वर्षीय महिला र सर्लाहीका ४५ वर्षीय पुरुष रहेका मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीले जानकारी दिनुभएको छ । डा. अधिकारीकाअनुसार कोरोना सङ्क्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    मङ्गलबार दिउँसो ५७ जना कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित भेटिएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीका अनुसार ५७ जनामध्ये पर्सा जिल्लाका ३९ जना, रुपन्देही जिल्लाका नौ जना, कपिलवस्तु जिल्लाका आठ जना र बारा जिल्लाका एक जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो । उनीहरु सबै पुरुष रहेका छन् । डा. अधिकारीकाअनुसार उनीहरुको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

    मन्त्रालय स्रोतकाअनुसार पर्साको वीरगञ्जमा कोभिड–१९ सङ्क्रमित हुनेमा दुई जना पत्रकार पनि रहेका छन् । उनीहरुको परिचय गोप्य राखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.