सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आमा पोइल गइन्, बुबाले मरणासन्न बनाए


  •    न्युजभित्तो/३० बैशाख २०७७, मंगलवार १०:४५ 
  • केदार मगर

    खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका नौ वर्षीय बालक पवन तामाङलाई आफ्नै बुबाले निर्घात कुटपिट गरेका छन् । आफ्ना ३५ वर्षीय बुबा शङ्कर तामाङको कुटाइबाट रगताम्मे भएका पवनको टाउको, पिठ्यूँ, ढाड तथा शरीरका विभिन्न अङ्गमा लौरोको नीलडाम बसेको छ ।

    बुबाको कुटाइबाट घाइते बनेका बालकलाई टाउको फुटेर रक्ताम्मे भएपछि रोइरहेको अवस्थामा सोमबार फेला पारेर उद्धार गरिएको वडाध्यक्ष माधव राईले बताउनुभयो । “बुबाबाट कुटिइने पवन शङ्करका साइँला छोरा हुन्”, उहाँले भन्नुभयो, “निर्घात कुटाइ खाएका पवनलाई नेर्पास्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार नभएपछि जिल्ला अस्पताल दिक्तेल ल्याएर थप उपचार थालिएको छ ।”

    गरिब परिवारमा जन्मिएका पवनकी आमा ३५ वर्षीया मेनुका तामाङले दुई वर्षअघि अर्कैसँग दोस्रो विवाह गरेर गएपछि उनी बुबाको हेरचाहमा बसिरहेका थिए । पवनसँगै उनका जेठा दाजु १४ वर्षीय सविन, ११ वर्षीय माइला सङ्गम र छ वर्षीय कान्छा करण पनि बुबा शङ्करकै साथमा बस्दै आएका छिमेकीले बताएका छन् ।

    नाबालक छोरालाई निर्घात कुटपिट गर्ने बुबालाई कानूनी कारवाही गर्न सोमबार नै पक्राउ गरेर हिरासतमा राखिएको प्रहरीले जनाएको छ । घरैबाट पक्राउ परेका शङ्करलाई अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएलगत्तै सात दिनका लागि हिरासतमा राखेर कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिनुभयो ।

    पवनलाई निर्घात कुटपिट गर्ने निर्दयी बुबा शङ्करलाई प्रहरीले पक्राउ गरेपछि चार बालकलाई केही समयका लागि वडा कार्यालयले खाने र बस्ने व्यवस्था मिलाएको वडाध्यक्ष राईले बताउनुभयो । “बुबा घर नआएसम्म चार दाजुभाइलाई वडा कार्यालयको संरक्षणमा राखिनेछ”, उहाँले भन्नुभयो, “पकाएर खानसमेत नसक्ने उनीहरुलाई फुपूले पकाएर दिनेगरी चामल, दाल, सागसब्जीलगायत सम्पूर्ण व्यवस्था गरिएको छ ।”

    क्वारेन्टाइन निरीक्षण गर्न सोमबार नेर्पा पुगेका जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, प्रहरी नायब उपरीक्षक नारायण चिमोरियालगायतको टोलीले कुटिएका बालकको अवस्थाका विषयमा जानकारी लिएका छन् । आर्थिकरूपमा विपन्न बालकलाई जिल्ला अस्पतालमा उपचार गर्दा लाग्ने सम्पूर्ण उपचार खर्च छुट गरिएको अस्पताल विकास समितिका अध्यक्षसमेत रहनुभएका समन्वय समितिका प्रमुख चाम्लिङले बताउनुभयो ।

    ज्यालादारीको काम गरेर परिवार धान्दै आएका शङ्करले दैनिक मादक पदार्थ सेवन गरेर छोराहरुलाई कुटपिट गर्ने गरेको छिमेकीले बताएका छन् । गरिबीका कारण तामाङ परिवारमा दैनिकजसो झगडा हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ । आमाले छाडेर अर्कै व्यक्तिसँग विवाह गरेर जानुअघिसम्म विद्यालय जाँदै गरेका ती चार बालक अहिले अरुको घरमा काम सघाएर तथा खेलेर दिन बिताउने गरेका छिमेकीले बताएका छन् । पढ्ने उमेरका ती चार बालकलाई बुबाआमा दुवैले बेवास्ता गरेपछि उनीहरुको भविष्य अन्योलमा परेको वडाध्यक्ष राईले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.