सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कान्दाका चेपाङलाई लायन्स क्लब अफ चितवन राईजको राहत


  •    न्युजभित्तो/२९ बैशाख २०७७, सोमबार १२:५४ 
  • चितवन । जिल्लाको विकट गाउँ कान्दाका वासिन्दालाई लायन्स क्लब अफ चितवन राईजले आज (सोमबार) राहात सामग्री हस्तान्तरण गरेको छ । राप्ती नगरपालिका वडा नं. १३ का अध्यक्ष सूर्यबहादुर चेपाङलाई क्लबले राहत हस्तान्तरण गरेको हो ।

    सो अवसरमा बजार मूल्य रु.४० हजार पर्ने तीन क्विन्टल चाउचाउ अध्यक्ष चेपाङलाई हस्तान्तरण गरिएको छ । क्लबका अध्यक्ष नारायण अधिकारी, प्रथम उपाध्यक्ष अर्जुन अर्याल, कोषाध्यक्ष तिलक रिमाल, निर्देशक राधेश्याम खतिवडा र स्मार्ट फुड एण्ड स्न्याक्स प्रा.लि.का महाप्रबन्धक विकास अमात्यले उद्योग परिसर रत्ननगर, पिठुवामा आयोजित संक्षिप्त कार्यक्रममा सामग्री हस्तान्तरण गर्नुभएको हो । क्लबलाई उद्योगले सहुलियत दरमा चाउचाउ उपलब्ध गराएको हो ।

    अध्यक्ष चेपाङले कान्दाका ७० परिवारलाई चाउचाउ वितरण गरिने जानकारी दिनुभयो । चाउचाउसँगै सो क्षेत्रको विकासमा लागिरहेको मितेरी फाउण्डेशन नेपालले सो क्षेत्रमा वितरण गर्न खाद्यान्न सामग्री लगेको छ । संस्थाका अध्यक्ष रविन्द्र बानियाका अनुसार फाउण्डेशनका सदस्यहरुले आर्थिक संकलन गरी ७० बोरा चामल, १४० पोका नुन, ७० पोका तेल, १४० वटा साबुन र ७० किलो केराउ पठाएको छ ।

    ती सामग्री त्यहाँका सबै परिवारलाई वितरण गरिंदै छ । बि.सं. २०६७ साल जेठमा विषालु च्याउ खाँदा कान्दाका एकै परिवारका ८ जनाको मृत्यु भएको थियो । आर्थिक रुपमा विपन्न चेपाङ समुदायको वस्ती रहेको सो क्षेत्र नगरपालिकामा पर्ने भए पनि निकै विकट क्षेत्रमा पर्दछ ।

    त्यहाँका वासिन्दालाई आफ्नो बारीको उब्जनीले वर्षभरीलाई खान पुग्दैन । कोरोनाको कारण भएको लकडाउनका कारण शहरी क्षेत्रमा काम पनि नपाउने भएपछि उनीहरुलाई खानाको समस्या परेको छ ।
    –––

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.