सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज विहानै थपिए दश जना कोरोना सङ्क्रमित, कूल सङ्क्रमित १२०


  •    न्युजभित्तो/२९ बैशाख २०७७, सोमबार ०९:०५ 
  • काठमाडौँ । थप दश जनामा कोरोनाभाइरस (कोभिड–१९) पुष्टि भएको । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय बीस पुगेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आज विहान प्रेस विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा थप दश जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभएको छ ।

    सह प्रवक्ता अधिकारीका अनुसार पछिल्लो पटक कोरोना पुष्टि हुनेमा कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्वर–५ र बुद्धभूमि नगरपालिकाको वडा नम्वर ७ र १० का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरु रहेका छन् । त्यस्तै, अर्का एकजना उमेर नखुलेका पुरुष रहेका पनि उहाँले बताउनुभयो ।

    उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका पनि सह प्रवक्ता अधिकारीले जानकारी दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.