सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, पाँच हजार भन्दा बढी सङ्क्रमित


  •    न्युजभित्तो/२८ बैशाख २०७७, आईतवार १२:५७ 
  • काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमणबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या ७८ पुगेको छ ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । त्यस्तै, संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो ।

    यस्तै, संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एक÷एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो ।

    कोरोना भाइरसका कारण यो हप्ता थप पाँच जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा बेलायतका दुई तथा स्वीडेन, बहराइन र युएईका एक÷एक थपिएका छन् । संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार चार सय ७२ गैरआवासीय नेपाली कोरोनाबाट सङ्क्रमित छन् । सङ्क्रमितमध्ये दुई हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । सापकोटाका अनुसार विदेशमा रहेका नेपाली समुदायमा कोरोना भाइरस सङ्क्रमणको गति गत साताभन्दा कम हुँदै गएको छ ।

    विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडानुसार नौ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी २० देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित छन् । स्वास्थ्य समितिका अनुसार कतारमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा २४५, युएइमा १४९, नेपालमा १०९, कुवेतमा ७८, मलेसियामा ४९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेन र अष्टे«लियामा १२–१२, जापान र क्यानडामा १०–१०, बेल्जियममा छ, स्विट्जरयाण्डमा पाँच, जर्मनी र फिनल्याण्डमा चारचार, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । यो साता फिनल्याण्ड र स्वीडेन (एक मृत्यु) मा नेपालीमा नयाँ संक्रमण देखिएको एनआरएन, कोडिभ –१९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो ।

    ३५ हजारलाई राहत
    एनआरएनले कोभिड –१९ बाट प्रभावित देशमा राहत वितरण भइरहेको जनाएको छ । संस्थाका महासचिव डा हेमराज शर्माका अनुसार ४६ देशका २७० भन्दा बढी क्षेत्र (शहर) मा एक हजार ६ सयभन्दा बढी स्वयंसेवक राहत वितरणमा सक्रिय छन् । पैँतीस हजारभन्दा बढी गैरआवासीय नेपालीले प्रत्यक्षरुपमा राहत सामग्री (खाना, मास्क, स्यानिटाइजर, औषधि आदि) प्राप्त गरेको संस्थाले जनाएको छ ।

    एनआरएनएले विभिन्न देशमा सञ्चालन गरेको २४ सै घण्टा हटलाइन सेवामार्फत ३६ हजारभन्दा बढी नेपालीलाई वन टु वन परामर्श (राहत, भाषा अनुवाद, स्थानीय कानून, रोजगारी, नेपाल फर्किने आदि) दिएको जनाएको छ । संस्थाले चीनबाट कोरोना भाइरसको संक्रमण शुरु भएलगत्तै एनआरएनका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा कोभिड –१९ उच्चस्तरीय समिति गठन गरेर आफ्ना गतिविधि तीव्र बनाएको थियो ।

    स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत करीब ३५ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्याङ्क सार्वजनिक गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.