सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लिपुलेकमा भारतले सडक बनाएकोमा नेपालको कडा आपत्ति, ‘भारतको कदम मित्रवत् सम्बन्धको भावनाविपरीत’

"नेपाली भूमिमा कुनै पनि किसिमका गतिविधि नगर्न भारतलाई आह्वान "

  •    न्युजभित्तो/२७ बैशाख २०७७, शनिबार २३:११ 
  • काठमाडौँ । सरकारले भारतले नेपाली भूमि लिपुलेकबाट चीनसँग जोड्ने गरि सडक निर्माण गरेको र त्यसको शुक्रबार भारतले उद्घाटन गरेको घटनाप्रति कडा आपत्ति जनाउँदै खेद व्यक्त गरेको छ । सन् १८१६ को सुगौली सन्धिअनुसार नेपालको कालीनदीपूर्वको लिम्पियाधुरा, कालापानी–लिपुलेकसहितको भूभागका साथै कालीनदीपूर्वको क्षेत्र नेपालको भएको निरन्तर मान्दै आएको र त्यस सम्बन्धमा भारतलाई पटकपटक अवगत गराइएको बताउँदै सरकारले पछिल्लोपटक कूटनीतिक नोटमार्फत २०१९ नोभेम्बर २० मा राजनीतिक नक्शा प्रकाशन गरेकामा असहमति जनाइएको स्मरण गराएको छ ।

    भारतको पछिल्लो एकतर्फी कदम ऐतिहासिक सन्धि, सम्झौता, दस्तावेज, तथ्य प्रमाण र नक्शाका आधारमा मित्रवत् द्विपक्षीय सम्बन्धको भावनाविपरीत मात्र नभई सीमासम्बन्धी सबै विवाद वार्ताका माध्यमबाट निरुपण गर्ने दुईदेशका प्रधानमन्त्रिस्तरमा भएको समझदारीविरुद्ध भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धको भावनालाई आत्मसात् गर्दै सीमासम्बन्धी सबै विवादको कूटनीतिक समाधान तिनै सन्धिसम्झौताका आधारमा नेपालले गर्न चाहेको र त्यसप्रति प्रतिबद्ध रहेको मन्त्रालयले आज जारी गरेको वक्तव्यमा भनिएको छ । नेपाल–भारत सीमा सम्बन्धमा विकसित पछिल्ला घटनाक्रमलाई दृष्टिगत गर्दै सरकारले नेपाली भूमिमा कुनै पनि किसिमका गतिविधि नगर्न वक्तव्यमार्फत भारतलाई आह्वान गरेको छ ।

    सरकारले नेपाली भूमि लिपुलेक भञ्ज्याङलाई लिएर २०१५ मे १५ मा भारतका प्रधानमन्त्रीबाट भएको चीनको औपचारिक भ्रमणका बेला नेपाल सरकारको स्वीकृतिविना नै भारत–चीन द्विपक्षीय व्यापारमार्गका रुपमा विकास गर्ने सहमति भएको संयुक्त वक्तव्यमा समावेश भएपछि त्यसको विरोध गर्दै त्यतिबेला नै चीन र भारत सरकारलाई सम्बोधन गरी छुट्टाछुट्टै कूटनीतिक पत्राचारद्वारा नेपालको अडान प्रष्ट्याएको स्मरण गराएको छ ।

    सीमा विवादसम्बन्धी सबै थाती रहेका विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेपाल सरकारले बारम्बार जोड दिँदै आएको र त्यसलाई पुनःदोहोर्याउँदै दुवै देशको नेतृत्व तहले दिएको कार्यादेशानुसार वार्ता गर्न दुईपटकसम्म परराष्ट्र सचिवस्तरीय बैठकका लागि नेपालले गरेका प्रस्तावको जवाफ प्राप्त नभएको र त्यसको प्रतीक्षा गरिरहेको वक्तव्यमा उल्लेख छ ।

    नेपाल–भारतको सम्बन्धलाई नयाँ परिवेशानुसार संस्थागत दायरामा नयाँ ढङ्गले हेर्नुपर्ने आवश्यकतालाई महसुस गरी नयाँ युगसुहाउँदो बनाउन दुवै देशका सरकारद्वारा गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले तयार पारेको सहमितको प्रतिवेदन प्राप्तिको प्रतीक्षामा नेपाल सरकार रहेको सरकारले जनाएको छ । छिमेकीसँगको मित्रवत् सम्बन्धलाई सुमधुर पार्न तथा दुवै देशको हितलाई प्रवर्धन गर्न प्रतिवेदनका सुझाव कार्यान्वयन उपयोगी हुने विश्वास नेपालले गरेको विज्ञप्तिमा जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.