सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थप आठ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या एक सय दश पुग्यो


  •    न्युजभित्तो/२७ बैशाख २०७७, शनिबार २२:२९ 
  • काठमाडौँ । नेपालमा आज थप आठ जनामा कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

    मन्त्रालयले उदयपुरको भुल्केमा चार, कपिलवस्तुमा तीन र पर्साको छपकैयामा एक जना नयाँ सङ्क्रमित फेला परेको जनाएको छ । राष्ट्रिय प्रयोगशाला, काठमाडौँ र कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ सङ्क्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    योसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक सय दश पुगेको छ । उदपयपुरको भुल्के निवासी १८, ४३, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुमा १७ र १८÷१८ वर्षका पुरुष तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले आज जनाएको छ । हालसम्म प्राप्त विवरणअनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको विज्ञप्तिमा उल्लेख छ ।

    कपिलवस्तुको जीतपुर गाउँपालिक वडा नम्वर–१, पकडीस्थित छत्रपाली तीर्थादेवी माविको क्वारेन्टाइनमा बसेका मध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै कपिलवस्तुमा कोरोना पोजेटिभको सङ्ख्या पाँच पुगेको छ ।

    यसअघि त्यहाँ रहेका ६५ मध्ये १२ जनाको परीक्षण हुँदा दुई सङ्क्रमित फेला परेका थिए । अब काठमाडौँको टेकुस्थित प्रयोगशालामा कपिलवस्तुबाट पठाइएको स्वाब परीक्षण गर्न बाँकी नरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

    त्यस्तै, उदयपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.