नेपाली भूमिमा भारतको दादागिरी, नेपाल सरकारले सोध्यो स्पष्टीकरण
न्युजभित्तो/२६ बैशाख २०७७, शुक्रबार २२:१६
दार्चुला । नेपालमाथि सधैँ गिद्देदृष्टि लगाउँदै आएको भारतले नेपाली भूमिमा फेरि दादागिरी मच्चाएको छ । उसले बलमिचाइँ गर्दै नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेर आफ्नो विस्तारवादी चरित्र प्रमाणित गरेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको लाजै नमानी आज उद्घाटन समेत गरेका छन् ।
लिपुलेकका विषयमा नेपाल–भारत विवाद टुङ्गिन नपाउँदै भारतले लिपुलेकसम्मको सडकको उद्घाटन गरेको हो । कुटी, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्र नेपाली भूमि हो । सीमा अतिक्रमणको विषय टुङ्गिन नपाउँदै भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि सर्वत्र विरोध भएको छ ।
भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको घटनाले नेपाल–भारतबीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ ।
भारतले कूल ७८ किलोमिटर सडकको ट्र्याक खुलाएको छ । भारतले चीनको सीमासँग जोड्ने गरी निर्माण गरेको यो पहिलो सडक हो । भारतका रक्षामन्त्री सिंहले चीनको सीमासम्म सडक जोड्नु भारतको ठूलो उपलब्धि भएको भन्दै खुसीयाली मनाउँदा नेपालमा भने भारतको यस्तो गलत रबैयाको बिरोध भइरहेको छ । दार्चुलाबासीले पनि भारतले दादागिरी मच्चाएको भन्दै विरोध गरिरहेका छन् ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त खोलिएको घटनाको विरोध गर्नुभएको छ । उहाँले आज ट्विट गर्दै यसबारे अविलम्ब आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गर्नुभएको छ ।
यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले विभिन्न सञ्चारमाध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकारसमक्ष आग्रह गरिएको बताउनुभएको छ । मन्त्री ज्ञवालीले भन्नुभयो, ‘लिपुलेक कालापानीबारे सरकार सजग छ, भारत सरकारबाट स्पष्ट विवरण आएपछि नेपाल सरकारले केकस्तो प्रतिक्रिया दिने भन्ने आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।’
यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गर्दैआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्शा सार्वजनिक गरेपछि नेपाल सरकारले आपत्ति जनाएको थियो ।