सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसद बैठकलाई शुभकामना, पत्रकारिता क्षेत्रलाई पनि सुनियोस् : महासंघ उपाध्यक्ष पोखरेल


  •    न्युजभित्तो/२६ बैशाख २०७७, शुक्रबार २०:२४ 
  • काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमणले उत्पन्न सङ्कट र लकडाउनकाबीच सङ्घीय संसदको बैठक आजदेखि शुरु भएको छ । यो बजेट अधिबेशन पनि हो । त्यसैले धेरै क्षेत्रका आआफ्नै अपेक्षा हुनु स्वभाविक छ ।

    कोरोना सङ्क्रमणको प्रतिकुल अवस्थाकाबीच अन्य क्षेत्रले जस्तै पत्रकारिता एवम् सञ्चार क्षेत्रले पनि यो बजेट अधिवेशनबाट खास अपेक्षा राखिरहेको छ । पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघले अर्थमन्त्रीलाई पत्र लेखेरै पत्रकारिता क्षेत्रलाई विशेष रुपमा सम्बोधन गर्न आग्रह गरिसकेको छ ।

    यसैबीच, आजदेखि बजेट अधिवेशन शुरु भएको सन्दर्भमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले शुभकामना व्यक्त गर्दै यो अधिवेशनले पत्रकारिता क्षेत्रका आशा र अपेक्षाको पनि सुनुवाई गर्न आग्रह गर्नुभएको छ । पत्रकारिता क्षेत्रका लागि राज्य तहबाट विशेष प्याकेज र दीर्घकालीन योजना आउन जरुरी रहेकोमा उहाँले ध्यानाकर्षण गराउनुभएको छ ।

    न्यूजभित्तोसँग कुरा गर्दै महासंघका उपाध्यक्ष पोखरेलले भन्नुभयो– ‘कोरोनाको सङ्कटले धेरै कुराहरुमा नयाँ ढङ्गले सोच्ने, योजना बनाउने र बजेट बिनियोजन गर्नुपर्ने अवस्था देखिएको छ । नेपालको पत्रकारिता क्षेत्रले पनि यो सङ्कटको समयमा नयाँ र कठिन अनुभव हासिल गरेको छ । ती अनुभवका आधारमा पत्रकारिता क्षेत्रका लागि पनि फरक ढङ्गले सोच्नुपर्ने देखिन्छ ।’

    ‘राज्य तहबाटै तत्कालका लागि विशेष प्याकेज र दीर्घकालका लागि योजनाहरु आउन जरुरी देखिएको छ । जनताको आवाज मुखरित हुने संसदमा यो विषयमा पनि छलफल होस् र सरकारले आउँदो बजेटमा पत्रकारिता क्षेत्रलाई पनि विशेष ढङ्गले सम्बोधन गरियोस्’ उहाँको आग्रह छ ।

    पत्रकारिता क्षेत्रका लागि बजेटमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल अब तत्काल शुरु हुनै पर्नेमा पनि उहाँले जोड दिनुभएको छ । पत्रकार महासंघले आफ्ना धारणा लिखित रुपमा सरकारलाई बुझाई सकेको र थप छलफल आवश्यक परेमा त्यसका लागि तयार रहेको पनि उहाँले बताउनुभएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.