सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि योगदान गरौँ : प्रधानन्यायाधीश


  •    न्युजभित्तो/२६ बैशाख २०७७, शुक्रबार ०८:१७ 
  • काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले कानून दिवस, २०७७ ले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आआफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

    उहाँले आज एक शुभकामना सन्देश जारी गरी महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको र नेपाललगायत महामारीबाट प्रभावित देशका अदालतले सङ्कूचनसहितको न्यायसम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएका उल्लेख गर्नुभएको छ । उहाँले यसबाट न्यायको प्राप्तिमा पुग्नगएको असुविधालाई परिस्थितिजन्य बाध्यताका रूपमा बुझ्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।

    “सम्पूर्ण मानव समुदायको सरोकार र विश्वव्यापी बहुआयामिक प्रभावहरू रहेको शताब्दीकै ठूलो महामारीले यस सम्बन्धी छुट्टै विधिशास्त्रको विकासको आवश्यकता रहेको समेत अनुभूति गराएको छ”, सन्देशमा भनिएको छ, “महामारीका कारण औपचारिक कार्यक्रमको आयोजना गर्न नसकिएको यस परिस्थितिमा एकापसमा शुभकामना आदानप्रदान गरी यस वर्षको कानून दिवस मनाउन न्याय क्षेत्रमा क्रियाशील व्यक्तित्वलगायत समृद्ध सबैमा हार्दिक अपिल गर्दछु ।”

    नेपाल प्रधानन्यायालय ऐन, २००८ विक्रम संवत् २००९ वैशाख २६ गते लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ को दिनलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ । न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको प्रारम्भ गर्ने दिशामा उक्त दिनमा कोरिएको मार्गचित्रलाई आजको अवस्थासम्म ल्याइपुर्याउन भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण व्यक्तित्वको योगदानको स्मरण गर्दै प्रधानन्यायाधीश जबराले यस विशेष दिनमा उहाँहरूप्रति हार्दिक सम्मान व्यक्त गर्नुभएको छ ।

    “न्यायिक इतिहासको अत्यन्त जटिल र कठिन परिस्थितिहरूमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण राख्दै विधिको शासन तथा नागरिकका हक अधिकारको संरक्षणका लागि न्यायपालिकाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ”, सन्देशमा भनिएको छ, “न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका लागि सदा क्रियाशील रहने कुराको प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।”

    नेपालको संविधानले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यलगायतका मूल्य मान्यताहरूलाई संविधानको आधारभूत संरचनाको रूपमा स्थापित गरेको छ । सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको परिकल्पना संविधानले गरेको छ । त्यसप्रति प्रतिबद्ध रहँदै सहज पहुँचयुक्त एवं जनास्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न विशेष दिनले सम्बन्धित सबैमा थप ऊर्जा र हौसला प्रदान गर्ने छ भन्ने विश्वास सन्देशमा गरिएको छ ।

    विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारणबाट उत्पन्न कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै कोरोना भाइरसबाट विश्वका अधिकांश देशहरू प्रभावित भएका, लाखौं मानिसहरू यसबाट सङ्क्रमित रहेका र दुई लाख पचास हजारभन्दाबढी मानिसहरूले यस रोगका कारण मृत्युवरण गर्नुपरेको दुखद् अवस्था रहेको सन्देशमा भनिएको छ ।

    औषधि पत्ता नलागेको अवस्थामा सामाजिक दूरी कायम गर्नेलगायत स्थापित विधि र मापदण्डको अवलम्बन तथा रोग प्रतिरोधी क्षमता अभिवृद्धिका लागि उच्च मनोबल, सकारात्मक सोच र आत्मसंयम नै यसको रोकथाम र नियन्त्रणको उपयुक्त विकल्प रहेको कुरा पनि सन्देशमा स्मरण गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.