सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतम नियुक्त


  •    न्युजभित्तो/२५ बैशाख २०७७, बिहीबार १६:२९ 
  • चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतम नियुक्त हुनु भएको छ । क्यान्सर अस्पतालको बोर्ड बैठकले उहाँलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । गौतमको कार्यकाल तीन वर्षको हुनेछ ।

    डा. गौतम अस्पतालका नाक, कान, घाँटी रोग विभागका प्रमुख हुनुहुन्छ । उहाँले यस अघि नै क्यान्सर अस्पतालको उपनिर्देशक भई कार्य गरिसक्नु भएको छ । यसअघिका कार्यकारी निर्देशक डा. विजय आचार्यको तीनवर्षे कार्यकाल बैशाख २३ गतेबाट सकिएपछि बोर्डले डा. गौतमलाई कार्यकारी निर्देशक चयन गरेको हो ।

    यसअघि स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली, क्यान्सर विज्ञ एवम् बोर्ड सदस्य डा. विनय ठाकुर र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रघुराम विष्ट सदस्य रहेको तीन सदस्यीय समितिले डा. गौतमको नाम सिफारिस गरेको थियो ।

    नवनियुक्त कार्यकारी निर्देशक डा. गौतमले अस्पतालले प्रदान गर्ने सेवा सुविधालाई अझै सर्वसुलभ र सहज बनाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । उहाँले अस्पताललाई क्यान्सरको उपचार, अध्ययन–अध्यापन र अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य राखेको बताउनुभयो ।

    क्यान्सर रोगबाट बिरामीहरुलाई बचाउन विश्वमा विकसित भएका अत्याधुनिक प्रविधि र औजार उपकरणहरु भित्र्याएर अस्पताललाई थप व्यवस्थित गरिने डा. गौतमले न्यूजभित्तोलाई बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.