सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जग्गा बाँझो राखे नगरपालिकाले लिएर खेती गर्न दिने


  •    न्युजभित्तो/२४ बैशाख २०७७, बुधबार १६:४३ 
  • चितवन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिकाभित्र जमिन बाँझो राख्न नपाइने भएको छ । बाँझो जमिनमा आफूले खेती नगरेमा खेती गर्न चाहनेका लागि सो जमिन नगरपालिकामार्फत मल, बीउसहित उपलब्ध गराइने भएको छ ।

    नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जमिन हुनेले बाँझो राख्ने र नहुनेले खेती गर्न नपाउने भएपछि नयाँ निर्णय गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी जग्गाधनीलाई सार्वजनिक सूचना जारी गरेर जानकारी गराउँछौँ । खेती नगरेमा स्थानीयवासीलाई सामूहिक खेती गर्न उत्प्रेरित गर्छौँ ।” वडाध्यक्षहरुमार्फत बाँझो जमिनको तथ्याङ्क लिइने भन्दै उहाँले छिट्टै कार्यपालिकाको बैठक बसेर निर्णय गरी व्यवस्थापनका बारेमा योजना तयार गरिने जानकारी दिनुभयो ।

    नगरपालिकाले आफ्नो क्षेत्रलाई कृषिको नमूना क्षेत्र बनाउन सिँचाइका लागि बोरिङ खन्ने काम गरिरहेको छ । पौडेलले सिँचाइ, बीउ, मल र प्राविधिक सहयोग गरेर बाँझो जग्गा हराभरा बनाइ उत्पादन बढाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । जुन ठाउँमा जे फल्छ, त्यसैलाई प्राथमिकता दिइने उहाँको भनाइ छ । नगरपालिकाले कृषि फार्म, पशुपालनजस्ता कार्यमा अनुदान दिँदै आएको छ । नेपालकै नमूना नगर बनाउन बाँझो जमिन राखेर सम्भव नहुने नगरप्रमुख पौडेलको भनाइ छ । उहाँका अनुसार देशभरमै सबैभन्दा बढी दूध उत्पादन हुने नगर गैँडाकोट हो ।

    गैँडाकोट नगरपालिका–४ ले वडाभित्र रहेका खेतीयोग्य जमिन बाँझो नराख्ने अभियान थालनी गरेको छ । गैँडाकोट वडा नं ४ को खानेपानीट्याङ्की पछाडि जयश्री खोला किनारसँगै जोडिएको करिब तीन बिघा प्लटिङमा गैँडाकोट नगरपालिका वडा नं ४ ले ट्र्याक्टर लगाएको हो । घडेरीका लागि व्यापारीले व्यवस्थित बाटो, बत्तीसहित बिक्रीका लागि टुक्रा गराएर राखेको जमिनमा गैँडाकोट नगरपालिका–४ ले अन्न फलाउने उद्देश्यसहित ट्र्याक्टर लगाएको जनाएको छ ।

    वडा नं ४का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले वडाभित्र रहेका खाली जमिनदेखि प्लटिङ जो खेतीयोग्य छन्, सबै जोत्ने र कृषि उत्पादनमा प्रयोग गर्ने गरी अभियानको थालनी गरिएको बताउनुभयो । अन्य वडाले पनि बाँझो जमिनको तथ्याङ्क आन्तरिकरूपमा लिने काम गरिरहेको जनाएका छन् । गैँडाकोट नगरपालिकामा १८ वडा रहेका छन् । यस नगरपालिकाको जनसङ्ख्या ६५ हजार रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.