सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुख्यमन्त्री पौडेलद्वारा दासढुंगा क्षेत्रको अवलोकन


  •    न्युजभित्तो/२३ बैशाख २०७७, मंगलवार १९:१५ 
  • चितवन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज (मंगलबार) जिल्लाको दासढुंगा क्षेत्रको अवलोकन गर्नुभएको छ । त्यस क्षेत्रको समग्र विकासका लागि मुख्यमन्त्री पौडेलले अवलोकन गर्नुभएको हो ।

    नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनास्थल दासढुंगाको विकासका लागि प्रदेश सरकारको चासो दिंदै आएको छ । मदन भण्डारी फाउण्डेशन चितवनको संयोजनमा प्रदेश सरकारले यस अघि नै सो क्षेत्रको विकासको प्रारम्भिक प्रतिवेदन तयार पारिएको छ । ती योजनालाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने र सोही अनुसार विकास गर्दै जाने उद्देश्यले मुख्यमन्त्री पौडेलले अवलोकन गर्नुभएको हो ।

    फाउण्डेशनको पहलमा दासढुंगा–नारायणी एकीकृत विकास परियोजनाको अवधारणा अगाडि सारिएको छ । सो अवधारणा अनुसार दासढुंगा, समग्र नारायणी नदीको किनार, गाँदीपुर हुँदै गोलाघाटसम्म विकास पूर्वाधारको काम गर्ने योजना रहेको छ ।

    दासढुंगामा राष्ट्रियस्तरको पार्क, सभा हल, तालिम हल, म्युजिम लगायतका पूर्वाधार निर्माण गर्ने योजना रहेको छ ।

    मुख्यमन्त्री पौडेलले दासढुंगा क्षेत्रमा उपलब्ध हुन सक्ने जमिनलाई एकीकृत गरी आवश्यक पूर्वाधार निर्माण गर्दै जाने बताउनुभयो ।

    अवलोकनमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपिया, प्रदेश सभा सदस्यहरु दीपक निरौला, विजय सुवेदी, कृष्ण भूर्तेल, फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई, उपाध्यक्ष शम्भु सुवेदी लगायत सहभागी हुनुहुन्थ्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’
    • दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    • परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    • कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.