सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रविधिको प्रयोग गर्दै पत्रकार महासंघ चितवनको शुभकामना आदान प्रदान


  •    न्युजभित्तो/२१ बैशाख २०७७, आईतवार २०:२७ 
  • चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले प्रविधिका प्रयोग गर्दै अनलाईनमार्फत् विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । शाखा अध्यक्ष राधेश्याम खतिवडाको संयोजनमा आईतबार साँझ ७ बजे जुम मार्फत् भच्र्युअल कन्फ्रेन्स गरी शुभकामना आदान प्रदान गरिएको हो ।

    सो अवसरमा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष दीपक आचार्य, महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, महासंघ चितवनका पूर्व अध्यक्षद्वय जनक अर्याल र हरिप्रसाद पोखरेल, पत्रकारहरु नारायणप्रसाद अधिकारी, तिलकराम रिमाल, रमेशकुमार पौडेल, अनिल ढकाल, तीर्थ नेपाल, प्रतिमा ढकाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो भच्र्युअल कन्फ्रेन्समा डेढ दर्जन बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

    वक्ताहरुले वर्तमान परिवेशमा पत्रकारिता पेशा जटिल र चुनौतीपूर्ण बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा विचार राख्नु भएको थियो । कोरोना भाईरस (कोभिड १९) का कारण उत्पन्न परिस्थितिले कतिपय पत्रकारको रोजगारी जोखिममा रहेको, सञ्चारमाध्यम सञ्चालनमा कठिनाई थपिंदै भन्दै उहाँहरुले असहज परिस्थितिको मिलेर सामना गर्नुपर्नेमा जोड दिनुभयो ।

    शाखा अध्यक्ष खतिवडाले सहभागीहरुलाई धन्यवाद दिंदै पत्रकारका समस्याप्रति महासंघ सधैं चिन्तित रहेको बताउनुभयो । प्रत्येक वर्ष मे ३ तारिखका दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाईदै आएको छ । नेपाल सरकारले पनि तीन वर्ष यता यसै दिनलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका रुपमा मनाउँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.