सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा थप १० जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ६९ पुग्यो


  •    न्युजभित्तो/२१ बैशाख २०७७, आईतवार १७:०८ 
  • काठमाडौँ । नेपालमा एकै दिन थप १० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जका नौ र वीरगञ्जका एक जनामा कोरोना संक्रमण देखिएको हो ।

    “वीरगञ्‍ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा र भेरी अस्पतालको प्रयोगशालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको हो” डा. देवकोटाले भन्नुभयो । वीरगञ्‍जका ३६ वर्षीय पुरुषको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण भएको पुष्टि गरिएको हो । नेपालगञ्जमा कोरोना संक्रमण देखिनेमा पाँच पुरुष र चार महिला छन् । उनीहरु सात देखि ५८ वर्षसम्मका रहेका छन् ।

    निको भएर घर फर्किएका रौतहटका १९ वर्षीय कोरोना संक्रमित पुरुषमा पुनः लक्ष्ण देखिएपछि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म कोरोना भाइरसको आशंकामा नमुना संकलन गरेर पीसीआर विधिबाट १३ हजार ४१४ र आरडीटी विधिबाट ४९ हजार ६८८ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । आज सातै प्रदेशका विभिन्‍न अस्पतालको आइसोलेसनमा ७७ जना रहेका छन् । जसमा काठमाडौं उपत्यकमा चार जना र उपत्यकका बाहिर ७३ रहेका मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो । आज क्‍वारेन्टाइनमा २१ हजार ९५१ जना जना रहेका मन्त्रालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.