बनबाट ल्याएको च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी
न्युजभित्तो/२१ बैशाख २०७७, आईतवार १६:५२
चितवन । बनमा उम्रिएको च्याउ खाँदा भरतपुर महानगरपालिकाको जुगेडीका पाँच जना बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९, जुगेडीका एकै परिवारका पाँच जना बिरामी परेका हुन् ।
प्रहरीका अनुसार बिरामी हुनेमा ५५ वर्षीय वीरबहादुर चेपाङ, उनका २५ वर्षीय छोरा सुमन चेपाङ, २२ वर्षीया बुहारी सिर्जना चेपाङ, छोरी १९ वर्षीया शर्मिला चोपाङ र १५ वर्षीया अञ्जना चेपाङ रहेका छन् । घर नजिकै रहेको बनबाट टिपेर ल्याएको च्याउ शनिबार साँझ खाएपछि उनीहरु बिरामी परेका थिए ।
च्याउ खाएर बिरामी परेका उनीहरुलाई आज बिहान भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको छ । वीरबहादुरको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको प्रहरीले जनाएको छ । गम्भीर वीरबहादुरको सघन उपचारकक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।