राष्ट्रपतिद्वारा वैशाख २६ गते सङ्घीय संसद्को अधिवेशन आह्वान
न्युजभित्तो/२१ बैशाख २०७७, आईतवार १६:१८
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन आह्वान गर्नुभएको छ ।
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले यही वैशाख २६ गते शुक्रबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक बस्ने गरी बजेट अधिवेशन आह्वान गर्नुभएको संसद् सचिवालयले जनाएको छ । संघीय संसदमा जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।
बजेट पेश गर्नुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । नेपालको संविधानअनुसार सङ्घीय संसद्को संयुक्त सदनमा जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधानअनुरुप राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गर्नुभएको हो । जेठ १५ अगावै पूर्व–बजेट छलफल गर्ने परम्परा छ ।
यसअघि आजै सरकारले वैशाख २६ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
नयाँ संविधान जारी भएयता पूर्व–बजेट छलफलका लागि वैशाखको दोस्रोतिर बजेट अधिवेशन आह्वान हुने गरेको थियो तर यो वर्ष कोरोना भाइरसका कारण उत्पन्न जनस्वास्थ्यसम्बन्धी गम्भीर समस्याका कारण सरकारका नीति तथा कार्यक्रम र पूर्व–बजेट छलफल अपेक्षाकृत पर्याप्त मात्रामा हुन नसक्ने परिस्थिति उत्पन्न भएको छ ।
पूर्व–बजेट र नीति तथा कार्यक्रममाथिको छलफलको अवधि कम गरेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारीमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग लागिपरेको छ ।