सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस संगठन चितवनले दियो महासंघलाई स्वास्थ्य सामग्री


  •    न्युजभित्तो/१९ बैशाख २०७७, शुक्रबार २०:०६ 
  • चितवन । प्रेस संगठन नेपाल चितवन शाखाले नेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार महासंघको कार्यालयमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । महासंघलाई उपलब्ध गराइएको स्वास्थ्य सामग्रीहरुमा २ हजार थान सर्जिकल मास्क र केही परिमाणमा सेनिटाईजर रहेको छ । संगठनका जिल्ला संयोजक प्रकाश ज्ञवालीले महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडा र उपाध्यक्ष नारायणप्रसाद अधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

    नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष दीपक आचार्य लगायत संघ संगठनकाका नेताहरुको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो । संगठनलाई प्राप्त भएका सामग्री एकद्वार प्रणाली अन्तरगत वितरण गर्न पत्रकार महासंघ चितवन शाखालाई हस्तान्तरण गरेको ज्ञवालीले बताउनुभयो । संगठनलाई थप अरु सामग्री पनि प्राप्त हुने प्रक्रियामा रहेकाले ती सामग्री पनि महासंघलाई हस्तान्तरण गरिने ज्ञवालीले बताउनुभयो ।

    सो अवसरमा महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले प्रेस संगठनलाई धन्यवाद दिँदै उपलब्ध स्वास्थ्य सामग्री कोरोना भाईरसले गर्दा उत्पन्न असहज परिस्थितिमा कार्यक्षेत्रमा खटिने पत्रकार तथा संचारकर्मीहरुलाई प्रदान गरिने भएकाले आवश्यक परेका पत्रकारले महासंघमा सम्पर्क गर्न आग्रह गर्नुभयो । लकडाउन खुले लगत्तै अझै बढी जोखिम हुने बताउँदै अध्यक्ष खतिवडाले त्यस्तो अवस्थामा पत्रकारको सुरक्षाका विषयमा महासंघ चिन्तित रहेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.