थप दुई जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको सङ्ख्या ५९ पुग्यो
न्युजभित्तो/१९ बैशाख २०७७, शुक्रबार १६:२०
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण भेटिएको जनाएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा रुपन्देहीका २५ वर्षीय र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा सो सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज जानकारी दिनुभयो । उहाँले ती दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेका र अवस्था सामान्य रहेको पनि बताउनुभयो ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ भने सङ्क्रमणबाट निको भइ १६ जना घर फर्किसकेका छन् ।