सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेडियो नेपालकी प्रथम गायिक रानुदेवीको निधन


  •    न्युजभित्तो/१९ बैशाख २०७७, शुक्रबार १०:४५ 
  • काठमाडौँ । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी (रानुदेवी अधिकारी) को निधन भएको छ । ८८ वर्षीया रानुदेवीको केएमसी अस्पताल काठमाडौँमा उपचारका क्रममा निधन भएको हो । उहाँ अल्जाइमर्स र पार्किन्सन्स रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय अधिकारीको आज विहान पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

    रानुदेवीले प्रजातान्त्रिक आन्दोलनको क्रममा २००७ सालमा तारिणीप्रसाद कोइरालाले विराटनगरमा स्थापना गरेको रेडियो नेपालबाट क्रान्तिको गीत गाउनुभएको थियो। नेपाली काँग्रेसकी नेतृ स्वर्गीय नोना कोइरालाकी बहिनी अधिकारीले इतिहासमा स्नात्तकोत्तर उत्तीर्ण गर्नुभएको थियो ।

    रानुदेवीले २०२३ सालदेखि २०५३ सालसम्म अध्यापन गर्नुभएको थियो । उहाँका एक छोरा र दुई छोरी हुनुहुन्छ । २०३६ सालको शिक्षक आन्दोलनमा जेल पर्नुभएकी रानुदेवी जनआन्दोलनपछि केही समय नेपाल महिला संघ मोरङको अध्यक्षको जिम्मेवारीमा समेत रहनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.