सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रोल्पा बम बिष्फोट : ज्यान गुमाउनेमा पाँचदेखि १४ वर्षका चार बालबालिका (अपडेट)


  •    न्युजभित्तो/१८ बैशाख २०७७, बिहीबार २३:०९ 
  • रोल्पा । त्रिवेणी गाउँपालिका –७ गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे बम विस्फोटनमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोला नजीक गाईबाख्रा चराउन गएका बालबालिकाको बम विस्फोटमा ज्यान गएको हो ।

    मृत्यु हुनेमा त्रिवेणी –७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकिराम डाँगी र ११ वर्षीया विमला खत्री तथा वडा नं ४ का १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

    गाउँमा बम विस्फोटको ठूलो आवाज सुनेर स्थानीयवासी घटनास्थल पुग्दा बालबालिकालाई रक्ताम्य अवस्थामा फेला पारेका थिए । घटनास्थलमा अर्को बम पनि रहेकाले निष्क्रिय गर्न दहवनस्थित नेपाली सेनाको टोली घटनास्थल तर्फ आउँदै गरेको वडा नं २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिनुभयो ।

    घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रनाउ गुरुङले बताउनुभयो । घटनास्थल निकै दुर्गममा रहेकाले कसरी घटना भयो भन्ने सबै जानकारी आइनसकेको समेत उहाँले बताउनुभयो ।

    उक्त बम सशस्त्र द्वन्द्वको बेलामा राज्य वा बिद्रोही पक्षबाट छोडिएको हुनसक्ने अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.