सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सबैको प्रयासबाट कोरोना रोकथाममा महत्त्वपूर्ण सफलता : मन्त्री ढकाल


  •    न्युजभित्तो/१८ बैशाख २०७७, बिहीबार १९:०९ 
  • काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सबै पक्षको सहयोगका कारण कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा महत्वपूर्ण सफलता मिलिरहेको बताउनुभएको छ ।

    स्वास्थ्य मन्त्रालयमा आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समितिले नेपाल सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री ढकालले सम्पूर्ण नागरिकको सहयोगका कारण रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण सफलता प्राप्त भएको बताउनुभयो । उहाँले कोरोनाविरूद्धको लडाइँमा तुलनात्मक रूपमा नेपालको अवस्था अन्य देशको भन्दा माथि रहेको बताउँदै यसमा सरकार, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, विभिन्न सङ्घसंस्था र विदेशमा रहेका शुभेच्छुकको सहयोग तथा ऐक्यबद्धताको योग रहेको उल्लेख गर्नुभयो ।

    मन्त्री ढकालले भन्नुभयो, “सबैको प्रयासका कारण मुलुकमा ठूलो क्षति हुन पाएको छैन । नेपालसहित एशियाका १० राष्ट्रमा यस सङ्क्रमणबाट अहिलेसम्म कसैको पनि मृत्यु हुन पाएको छैन । सामान्यतः औसत परीक्षणमा पनि हामी राम्रै गरिरहेका छौँ । बिरामीहरूमध्ये १६ जना घर फर्किसक्नुभएको छ । यो सकारात्मक पक्ष हो ।”

    उहाँले कोरोनालाई नेपाल भित्रन नै नदिने प्रयास स्वरुप समयमै लकडाउनको निर्णय लिएर राम्रो गरिएको बताउँदै जोखिमको समयमा पीडा सहेर भए पनि नागरिकले साथ दिएको तथा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले पनि अभावका बीचमा काम गरेकाले महामारीको रुप लिन नसकेको जनाउनुभयो । मन्त्री ढकाललाई एनआरएनए अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष सोनाम लामाले छिमेकी चीनबाट ल्याएका पिपिई, केएन ९५ मास्कलगायत विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.