सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना अस्पताल प्रकरण : ‘निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही हुन्छ’– प्रजिअ भट्टराई


  •    न्युजभित्तो/१८ बैशाख २०७७, बिहीबार १८:४२ 
  • चितवन । भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताल प्रकरणको निष्पक्ष छानबिन गरी दोषी देखिएमा कारवाही हुने चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नारायणप्रसाद भट्टराईले बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनको कार्यालयमा नेपाल पत्रकार महासंघ चितवन शाखाले बिहीबार प्रजिअ भट्टराईलाई ध्यानाकर्षण गराउने क्रममा उहाँले पत्रकारहरु सत्य कुरा लेख्न डराउन नहुने बताउनुभयो ।

    उहाँले भन्नुभयो “निर्धक्क पेशामा लाग्नुहोस्, सत्य कुरा लेख्न कसैसँग डराउनु पर्दैन ।” पत्रकारहरुको सुरक्षाको प्रत्याभूति प्रशासनले गराउने बताउँदै उहाँले भन्नुभयो “गलत बाटोबाट कोही पनि जान पाउँदैन, सबैलाई कानुनी बाटो जान छुट छ ।”

    अस्पतालमा भएको घटना सम्बन्धमा उहाँले भन्नुभयो “चोरी हो कि होइन, प्रहरीसँग सहकार्य गरेर अनुसन्धान गरिरहेका छौं ।” उहाँले प्रारम्भिक अनुसन्धानमा संस्थागत रुपमा कोही चोरीमा लागेको नदेखिए पनि पात्रहरु लागेको जस्तो देखिएको बताउनुभयो ।

    प्रशासनले शुरुदेखि नै घटनाको अनुसन्धान गरिरहेको बताउँदै उहाँले अगाडि थप्नुभयो “अनुसन्धान निष्पक्ष हुन्छ, दोषीलाई कारवाही हुन्छ ।” उहाँले छानबिनबारे आशंका नगर्न अनुरोध गर्दै भन्नुभयो “दोषी देखिएमा यी यी कारणले दोषी र निर्दोष भए यी यी कारणले निर्दोषी भनेर प्रष्ट पार्नेछौं ।” प्रजिअ भट्टराईले घटनाको छानबिनमा सहयोग गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

    सो अवसरमा पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले समाचारका विषयमा पत्रकारहरुमाथि धम्की आईरहेको बताउँदै सुरक्षाको प्रत्याभूति गर्न प्रशासनको ध्यानाकर्षण गराउनु भयो । कोरोना भाईरस महामारीको रोकथाम र उपचारका विषयमा पत्रकारहरु संवेदनशील रहेको बताउँदै अध्यक्ष खतिवडाले सबै मिलेर महामारी विरुद्ध जुध्नु पर्नेमा जोड दिनुभयो ।

    त्यस अवसरमा पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष जनक अर्याल, प्रेस संगठनका केन्द्रीय सदस्य शिशिर सिंखडा, पत्रकार सुवास पण्डितलगायतले कोरोना अस्पतालमा भएको घटना र सो सम्बन्धी समाचार लेख्ने पत्रकारमाथि दिइएको धम्कीको विषयमा प्रशासनको ध्यानाकर्षण गराउनु भएको थियो ।

    कोरोना अस्पतालमा रातीको समयमा चोरीशैलीमा स्टोरबाट सामान बाहिरिएको सिसिटिभी फुटेज सहितको समाचार प्रकाशमा आएपछि सो समाचारलाई लिएर विभिन्न माध्यमबाट पत्रकारहरुलाई धम्की आईरहेको छ । सोही विषयलाई लिएर महासंघको टोलीले प्रशासनको ध्यानाकर्षण गराएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.