सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टीगत स्वार्थभन्दा माथि उठ्न महामन्त्री डा कोइरालाद्वारा आह्वान


  •    न्युजभित्तो/१८ बैशाख २०७७, बिहीबार १८:०६ 
  • काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले कोरोना भाइरसका कारण सिर्जित वर्तमान सङ्कटको अवस्थामा पार्टीगत र राजनीतिक स्वार्थभन्दा माथि उठेर एकताबद्ध ढङ्गले जनताको स्वास्थ्य र समस्या समाधानमा लाग्न सबैलाई अपिल गर्नुभएको छ ।

    भिडियो सन्देश मार्फत् आज उहाँले सो भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा दैनिक ज्यालादारी गर्ने मजदुर, श्रमिक, निम्न आय भएका व्यक्ति, गर्भवती र अन्य दीर्घ बिरामीले भोग्नुपरेका समस्याले आफूलाई चिन्तित बनाएको उल्लेख गर्नुभएको छ ।

    महामन्त्री डा कोइरालाले सिमानामा अड्केका तथा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा समेत व्यक्तिगतरूपमा र काँग्रेस पार्टीका तर्फबाट पटक–पटक सरकारलाई ध्यानाकर्षण गराएको अपिलमा जनाउनुभएको छ ।

    लाखौँलाख जनताको ज्यान जोखिममा भएको यस सङ्कटको बेला कुनै पनि विभाजनको रेखा कोर्नु मुर्खता मात्र होइन जनताप्रतिको धोकाधडी भएको बताउँदै उहाँले सङ्कटको समयमा अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट धन्यवाद दिनुभएको छ । “म आफैँ पनि चिकित्सक भएका नाताले उहाँहरुको काम कति चुनौतीपूर्ण छ भनेर बुझ्न सक्छु । त्यसैले यसमा स्वास्थ्यकर्मीलाई सहयोग र सम्मान गर्न सबैलाई आग्रह गर्दछु”, महामन्त्री डा कोइरालाले भन्नुभएको छ ।

    साथै उहाँले मुस्लिम समुदायको रमजान पर्वका अवसरमा शुभकामना दिँदै वर्तमान विषम परिस्थितिमा घरमै बसेर नमाज पढ्न र भीडभाड नगरिदन आग्रहसमेत गर्नुभएको छ । भिडियो सन्देशमा उहाँले कारोना भाइरसको सङ्क्रमणका जोखिम र त्यसबाट बच्ने उपायका बारेमा जानकारी गराउनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.