सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यार्थी राजनीतिसँगै व्यावसायिक कृषि कर्ममा सक्रिय निशा अधिकारी


  •    न्युजभित्तो/१८ बैशाख २०७७, बिहीबार १०:४७ 
  • नारायण अधिकारी
    चितवन । एक दशकभन्दा बढी विद्यार्थी राजनीतिमा सक्रिय रहनु भएकी निशा अधिकारीको अहिलेको धेरै समय कृषि कर्ममा बित्ने गरेको छ । उहाँले राजनीतिलाई निरन्तरता दिंदै समाजसेवासँगै कृषिलाई पेशाका रुपमा रुपमा अगाडि बढाउनु भएको हो ।

    बि.सं. २०६५ सालमा मैयादेवी कन्या कलेजको स्ववियू सभापतिसँगै विद्यार्थी राजनीतिको नेतृत्व थाल्नु भएकी अधिकारीको त्यसपछिको राजनीतिक यात्रा कहिल्यै तल झर्नु परेको छैन । अनेरास्ववियूको केन्द्रीय सदस्य, सचिवालय सदस्य, नारायणी अञ्चल ईन्चार्ज हुँदै पार्टी एकीकरण हुनु अघि उहाँ अनेरास्ववियूको अनुशासन आयोगको अध्यक्ष हुनुहुन्थ्यो । अहिले पनि संगठनको केन्द्रीय सदस्य र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्षेत्रीय कमिटीमा क्रियाशील हुनुहुन्छ ।

    मिजासिलो स्वभाव, चिटिक्क परेको शारीरिक वनोट जसले स्टेज पाएपछि सबैलाई प्रभावित हुने गरी दिने भाषणकै कारण उहाँलाई नचिन्ने कमै छन् । जसका कारण स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्म उहाँ परिचित हुनुहुन्छ ।

    अहिले यहाँको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका सदस्य समेत रहनु भएकी अधिकारी लकडाउनको अधिकांश समय आफ्नो कृषि फर्ममा भेटिनु हुन्छ । कृषि क्षेत्रका अग्रज, पूर्व प्रशासक, विदेशबाट फर्किएका मिहिनेती युवा र स्थानीयसँग उहाँको सहकार्य छ ।

    यसै समूहले भरतपुर महानगरपालिका वडा नं. २४ को नयाँबस्तीमा केरुङ्गा सामुहिक तरकारी कृषि फर्म सञ्चालनमा ल्याएको छ । ६२ विगाहा जमिनमा सिंचाईको व्यवस्था गरेर सामुहिक तरकारी खेती गरिंदै आएको छ ।

    यसै आर्थिक वर्षबाट तरकारी खेती गर्न शुरु गरिएको हो । अधिकारीको सो समूहमा अरुको जस्तै शेयर छ । तर उहाँको कुनै पद छैन, यद्यपी बिहानदेखि बेलुकासम्म उहाँ फर्ममा नै व्यस्त हुनुहुन्छ । तरकारी लगाउनेदेखि बजारीकरणसम्म उहाँले सक्रिय भूमिका खेल्दै आउनु भएको छ ।

    स्थानीय ९६ जना शेयरधनीले रु.२० हजारदेखि रु. १ लाखसम्म शेयर लगानी गरेर फर्म सञ्चालन गरिएको हो । वार्षिक प्रतिकठ्ठा रु. २ हजार भाडामा ७२ जनाको जग्गा भाडामा लिएर तरकारी खेती गरिएको छ ।

    हाल गोलभेडा, खुर्सानी, भान्टा, घ्यूसिमी, बन्दा, तनेबोडी, करेला, काँक्रो, लौका बिक्री वितरण भईरहेको छ । समूहका अध्यक्ष हरिबाबु ढकाल स्थानीयलाई रोजगारी दिंदै युवा जनशक्तिलाई आकर्षण गर्न समूह लागिपरेको बताउनुहुन्छ । विद्यार्थी राजनीतिमा सक्रिय अधिकारी जस्ता व्यक्ति कृषि कर्ममा लाग्दा समूहको बृत्ती विकाससँगै अन्यलाई नयाँ सन्देश दिईरहेको ढकालले बताउनुभयो । युवा जनशक्ति कृषि कर्ममा लाग्यो भने देशले समृद्धि पाउने भन्दै उहाँले अधिकारी जस्ता युवाहरु सक्रिय रुपमा कृषि कर्ममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

    स्थानीयदेखि माथिल्लो तहसम्म समन्वय भएकाले बजारीकरणमा सहयोग पुगेको ढकाल बताउनुहुन्छ । सो समूहले बाग्मती प्रदेशको कृषि विकास निर्देशनालय हेटौंडासँग सहकार्य गरेर एकीकृत नमूना कृषि कार्यक्रम अन्तर्गत अनुदान लिएर फर्मलाई विस्तार गर्ने तयारीमा रहेको छ ।

    अध्यक्ष ढकालका अनुसार थोपा सिंचाई, ग्रिन हाउस, सिकाई केन्द्र, विभिन्न औजार उपकरण खरिद, पाइपलाइन विस्तार, गोदामघर निर्माण, एक हजार टन क्षमताको कुलबोट (चिसो घर) जस्ता संरचना निर्माण गरिंदै छ ।

    सो वडाका अध्यक्ष कान्छा मल्ल समूहका संरक्षक हुनुहुन्छ । सो क्षेत्रलाई कृषि पर्यटन वडाका रुपमा विकास गर्न अधिकारीले उत्प्रेरित गरेको उहाँले बताउनुभयो । मल्लको वडामा मात्रै तीन सय हेक्टरभन्दा बढीमा तरकारी खेती गरिएको छ । मल्लले विद्यार्थी राजनीतिसँगै कृषि कार्यमा अधिकारी सक्रिय हुँदा अरुलाई पनि प्रेरणा मिलेको बताउनुभयो । उहाँले भन्नुभयो “अब युवाले जाँगर चलाउनु पर्छ, निशाजी यस्को नमूना हुनुपर्छ ।”

    फर्मलाई १२ वर्ष कोरियामा काम गरेर फर्किनु भएका अनुभवी रनु भुजेलले व्यवस्थापन गर्दै आउनु भएको छ । सबैको तारतम्य मिलेसँगै फर्म राम्रोसँग अगाडि बढिरहेको छ ।

    अधिकारी अग्रज कृषकको उत्प्रेरणाले आफूलाई कृषि क्षेत्रमा आकर्षित गरेको बताउनुहुन्छ । मल्ल, ढकाल, भुजेल जस्ता कृषिलाई माया गर्नेहरुको समिपमा रहेर काम गर्ने अवसर पाउँदा निकै खुशी भएको भन्दै अधिकारीले भन्नुभयो “विचौलियाको अन्त्य गर्दै बारीबाट सिधै तरकारी भान्सासम्म पुर्याउनुपर्छ । तब मात्रै कृषकले उचित मूल्य पाउँछन् ।” यो छोटो. समयमा विचौलियाले कृषकको श्रमको शोषण गरिरहेको आफूले अनुभव गरेको उहाँले बताउनुभयो ।

    लकडाउनको समयमा समेत बारीको तरकारी कुहिन नदिन र सर्वसाधारणको भान्सामा अभाव हुन नदिन जनप्रतिनिधिको समन्वयमा काठमाण्डौं, पोखरासम्म तरकारी पु¥याउँदै आएको अधिकारी बताउनुहुन्छ । उहाँकै सक्रियतामा बजारीकरणको काम भईरहेको छ । घरमा आवश्यक पर्ने सबै खालका तरकारीलाई एउटै पोको पारेर सस्तो मूल्यमा घरघरमा पुर्याउने काम पनि भईरहेको छ ।

    अधिकारीले भन्नुभयो “गर्यो भने हुन्छ भन्ने आत्मविश्वास मलाई भएको छ ।” युवा शक्ति कृषि पेशामा लाग्नुपर्ने भन्दै उहाँले राजनीति, सामाजिक क्षेत्रसँगै कृषि कर्ममा लागेमा देशले छिटो समृद्धि हासिल गर्ने बताउनुभयो ।

    नेपालमा रोजगारी नभएको भन्दै विदेश जानु युवाहरुका लागि अधिकारी एक उदाहरण हुनुहुन्छ । उहाँको सिको गर्दै कृषिलाई मूल पेशा बनाउनेतर्फ युवाहरु लाग्ने हो भने रोजगारीको समस्या पनि हल हुने देखिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.