सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बढ्यो अख्तियारमा उजूरी


  •    न्युजभित्तो/१८ बैशाख २०७७, बिहीबार १०:१६ 
  • पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेश कार्यालयमा गत वर्षको तुलनामा १५ प्रतिशतले बढी उजूरी परेका छन् ।

    पोखरास्थित अख्तियारको प्रदेश कार्यालयमा यस आर्थिक वर्ष २०७६/७७ को पछिल्लो नौ महिनामा ७६१ उजूरी परेका छन् । यो गत वर्षको भन्दा १५ प्रतिशतले बढी हो । कार्यालयका प्रवक्ता मेघनाथ रिजालका अनुसार सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित २१८ उजूरी परेका छन् ।

    परेका उजूरीमा स्थानीय तह शिक्षाबारे १२५, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ७५, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ५४, प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थय मात्र ३४, प्रदेश भौतिक पूर्वाधार/यातायात, खानेपानी र शहरी विकासमा ५०, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय २२, प्रदेश उद्योग, पर्यटन वन तथा वातावरणको २९ छन् । अन्य बाँकी मन्त्रालयको १५४ उजूरी रहेको छ । सात सय ६१ उजुरीमध्ये ३०५ उजुरी मात्र फर्छ्योट भएको जनाइएको छ ।

    आयोगले गत आवमा छ स्टिङ अपरेशन (रङ्गेहात पक्राउ) गरेकामा यो आवको नौ महिनमा १० स्टिङ अपरेशन गरेको छ । जिल्लागतरूपमा सबैभन्दा बढी कास्कीमा ३४७ उजुरी परेको छ । स्याङ्जामा ७९, तनहुँमा ७६, पर्वतमा ६६, बागलुङमा ५१, गोरखामा ५१, म्याग्दीमा ४४ लमजुङमा ४०, मुस्ताङ छ र मनाङमा एक/एक छन् ।

    उपसचिव रिजालले आयोगले पञ्चवर्षीय रणनीति तयार गरी चारखम्बे आधारस्तम्भअन्तर्गत प्रवर्धनात्मक, निरोधात्मक, दण्डनात्मक र संस्थागत क्षमता अभिवृद्धिमार्फत कार्ययोजना अघि सारेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.