सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा सचिवालय बैठकको निर्णय : २० गते फेरि बस्ने


  •    न्युजभित्तो/१७ बैशाख २०७७, बुधबार २१:५४ 
  • काठमाडौँ । निकै चर्चाका बीच आज साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक फेरि अर्को पटक बस्ने गरी सकिएको छ । बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पुनः बस्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

    बैठकपछि प्रवक्ता श्रेष्ठले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा ‘बैठकमा पार्टीको आन्तरिक एकताको सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिको बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भएको’ र ‘सबै सदस्यहरूले आ–आफ्ना धारणाहरू राख्नुभएको’ बताइएको छ ।

    यस्तो छ प्रेस विज्ञप्ति :
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त अध्यक्षतामा बालुवाटारमा बस्यो ।

    बैठकमा पार्टीको आन्तरिक एकताको सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिको बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भयो । सबै सदस्यहरूले आ–आफ्ना धारणाहरू राख्नुभयो ।

    बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पार्टी सचिवालयको बैठक बस्ने निर्णय गरेको छ ।

    नारायणकाजी श्रेष्ठ
    प्रवक्ता
    १७ बैशाख २०७७

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.