सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकारलाई धम्की दिनेलाई कानुनी कारवाही गर्न पत्रकार महासंघको माग


  •    न्युजभित्तो/१७ बैशाख २०७७, बुधबार २०:३८ 
  • चितवन । नेपाल पत्रकार महासंघ चितवनले समाचार लेखेकै आधारमा अनलाइनखबर डटकम चितवनका संवाददाता सुवास पण्डितलाई धम्की दिनेलाई कानुनी कारवाही गर्न प्रशासनसँग माग गरेको छ ।

    पत्रकार महासंघ, चितवनका अध्यक्ष राधेश्याम खतिवडाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको विषयमा प्रकाशित समाचारलाई लिएर पत्रकार पण्डिलाई कर्मचारी संगठनले कारवाही गर्ने धम्की दिएकोमा खेद प्रकट गर्दै उनीहरुलाई कारवाही गर्न माग गर्नुभएको छ । महासंघले धम्की दिने व्यक्तिलाई कानुनी दायरामा ल्याउन, घटनामा संलग्नमाथि कारवाही गर्न तथा पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी सुरक्षामा संवेदनशील बन्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।

    विज्ञप्तीमा भनिएको छ– ‘अस्पतालका विषयमा प्रकाशित समाचार र लेख्ने पत्रकारलाई लक्षित गरी अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ती नै निकालेर ‘समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरी आफैले आवश्यक कारवाही गर्ने’ चेतावनीसहित धम्की दिनु निन्दनीय र खेदजनक छ । प्रकाशित समाचारप्रति कुनै गुनासो भए कानुनी उपचारका मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारलाई धम्की दिनु आपत्तिजनक छ ।’

    केही दिन अघि कोरोना अस्पतालकै कर्मचारीले रातीको समयमा स्टोरबाट सामग्रीहरु पोको पारेर लगेको समाचार सिसिटिभी फुटेजसहित प्रकाशित भएको थियो ।

    यसैबीच, प्रेस संगठन चितवन र प्रेस युनियन चितवनले पनि बुधबार प्रेस विज्ञप्ति जारी गरी समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की दिइएको घटनाप्रति आपत्ति जनाएका छन् । प्रेस संगठन नेपाल, चितवनका संयोजक प्रकाशमणि ज्ञवाली र सहसंयोजक तीर्थ नेपालद्वारा बुधबार जारी विज्ञप्तीमा समाचार लेखेकै कारण चेतावनीसहितको धम्की दिनु निन्दनीय र खेदजनक रहेको उल्लेख छ ।

    त्यसैगरी, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालद्वारा बुधबार जारी विज्ञप्तीमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत कर्मचारीबाटै भएका शंकास्पद गतविधिका सन्दर्भमा आएका समाचारलाई लिएर धम्की र गालीगलौजप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । समाचार लेखेकै कारण चेतावनीसहितको धम्की दिइएकोमा युनियनले घोर भर्त्सना गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.