वीरगञ्जमा थप दुई जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ५१ पुग्यो
न्युजभित्तो/१४ बैशाख २०७७, आईतवार १३:१६
काठमाडौँ । वीरगञ्जमा आज थप दुई जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आज थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमण पुष्टि हुनेमा पर्सा जिल्लाको वीरगञ्जका दुईजना पुरुष रहेका छन् । उनीहरु दुवैको उमेर ५० वर्ष रहेको छ । उनीहरुको वीरगञ्जमै अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।