सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना संक्रमित युवा औपचारिक डिस्चार्ज, तर भरतपुर अस्पतालमै बस्ने


  •    न्युजभित्तो/१३ बैशाख २०७७, शनिबार १७:४४ 
  • चितवन । कोरोना भाईरसको संक्रमण देखिएपछि भरतपुर अस्पतालको आईसोलेसन कक्षमा रहेका दुई जना मध्ये २७ वर्षका युवा कोरोना भाईरस मुक्तभएर औपचारिक रुपमा डिस्चार्ज भएका छन् । तर उनी अस्पतालकै आईसोलेसनमा बसेका छन् । दुई पटक गरिएको पिसिआर परीक्षणमा कोरोना नेगेटिभ देखिए पछि उनी भाईरस मुक्त भएका हुन् ।

    उनीसँगै रहेकी उनकी आमाको दोस्रो पिसिआर परीक्षण भने पोजेटिभ नै देखिएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार लगातार दुई पटक गरिएको परीक्षणमा छोराको नेगेटिभ देखिएको हो । उनलाई शनिबार दिउँसो औपचारिक रुपमा डिस्चार्ज गरिएको छ । तर उनी अस्पतालकै आईसोलेसनमा अलग्गै बसेका छन् । आमा अस्पतालमानै रहनु पर्ने भएकाले उनी आमालाई कुर्ने गरी अस्पतालकै छुट्टै क्वारेन्टाईनमा बसेका हुन् ।

    पौडेलका अनुसार राप्ती नगरपालिका वडा नम्बर ८ निवासी ६५ वर्षिया आमा र २७ वर्षिय छोरामा कोरोना भाईरस देखिएको थियो । सुरुमा आमामा ¥यापिड डाईग्नोष्टिक टेष्टमा शंकास्पद देखिए पछि आमा र दुई छोराको पिसिआर परीक्षण गरिएको थियो । भरतपुर कोडिभ १९ प्रयोगशालामा आमा र एक छोराको पोजेटिभ देखिए पछि उनीहरुलाई भरतपुर अस्पतालको आईसोलेसनमा निगरानीमा राखिएको थियो । भरतपुरबाट स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा त्यहाँ पनि नतिजा पोजेटिभ आएको थियो ।

    परीक्षण अघि आमा र दुई छोरा अस्पतालमा रहेको भए पनि एक जना छोरालाई नेगेटिभ देखिए पछि उनलाई तत्कालै डिस्चार्ज गरिएको थियो । हाल अस्पतालमा रहेका आमा छोरामा रोगको लक्ष्यण नदेखिएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिन पछि पुनः आमाको स्वाब परिक्षण गरिने छ । शरीरबाट भाईरस मुक्त भए पनि केही समयसम्म एन्टीवडि रहने भएकाले नेगेटिभ देखिएपछि पनि कम्तिमा एक साता क्वारेन्टाईनमा राख्नुपर्ने चिकित्सकको भनाई छ ।

    चैत ३ गते बेलायतबाट यी आमा छोरा हङ्कङ हुँदै नेपाल आएका हुन । दुई दिन काठमाडौं बसेर उनीहरु घर आएका थिए । परिवारका सदस्य, उनीहरुसँग निकट भएका एम्बुलेन्स चालकदेखि अन्य व्यक्तिहरुलाई हाल राप्तीको ब्रम्हनगरको क्वारेन्टाईनमा राखिएको छ । ¥यापिड डाईग्नोष्टिक टेष्टमा सबैको नेगेटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो ।

    जिल्लामा कोरोना रोगको उपचारका लागि भरतपुर अस्पताल र भरतपुर अस्पताललेनै सञ्चालन गरेको छुट्टै भरतपुर कोरोना बिषेश (अस्थाई)अस्पताललाई तोकिएको छ । अधिकारीका अनुसार भरतपुर अस्पतालमा रहेका संक्रमितलाई उच्च साबधानीका साथ राखिएकाले अन्य सेवा सुचारु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.