सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना प्रभावले आहत भएकालाई लायन्सको राहत


  •    न्युजभित्तो/१३ बैशाख २०७७, शनिबार १५:३१ 
  • चितवन । कोरोना भाईस (कोभिड १९) का कारण आहतमा रहेकालाई लायन्स क्लबहरुले राहत वितरण गरिरहेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना रोग रोकथाम, नियन्त्रण, उपचार र राहतको काममा नेपालका लायन्स क्लबहरुले आआफ्नो ठाउँबाट सक्दो सहयोग गरिरहेका हुन् ।

    लायन्स क्लबहरुले अस्पतालहरुलाई आवश्यक सामान सहयोग गर्ने, यात्रुहरुलाई निःशुल्क खाना, खाजा, पानी वितरण गर्ने, सवारी साधन सेनिटाईज गर्ने, घरतर्फ हिँडेका मजदुरहरुलाई निःशुल्क गाडीको व्यवस्था गरी गन्तव्यसम्म पठाउने र असहायहरुलाई खाद्यन्न सहयोग गर्ने गरेको लायन्स क्लब ईन्टरनेसनल डिष्ट्रिक ३२५ बी २ का द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले बताउनुभयो ।

     

    त्यसैगरी सुरक्षाकर्मीलाई सुरक्षा सामग्री सहयोग, औषधि घरघरसम्म पु¥याउने, रगत अभाव भएको ठाउँमा रक्तदान गर्ने जस्ता काम क्लबले गरिरहेको उहाँले बताउनुभयो ।

    डिष्ट्रिक्टका चिफ एरिया कोअडिनेटर प्रकाशचन्द्र भ¥राईका अनुसार भरतपुरको कोरोना बिशेष (अस्थाई) अस्पतालमा स्वास्थ्य सामाग्री, पिपिई, माक्स, पन्जा, सेनिटाईजरसँगै पूर्ण रुपमा स्वचालित सेनिटाईज टनेल पनि उपलव्ध गराएको छ । काठमाडौंमा रहेका लायन्सहरुले मेरुदण्ड सम्बन्धी उपचार गराई रहेका बिरामीसँगै अन्यलाई स्वास्थ्य तथा खाद्य सामग्री बितरण गरिरहेका छन् ।

    भट्टराईका अनुसार हेटौंडाका लायन्सहरुले “हामी छौ” भन्ने नाराका साथ १५ दिनदेखि काठमाडौंबाट गन्तव्यसम्म हिडेका यात्रुहरुलाई खाना, खाजा र पानीको व्यवस्था गरिरहेका छन् ।

    यस्तै वुटवलका लायन्सहरुले बुटवलमा रहेको लुम्बिनी चिकित्सक संघलाई पिपिई, सेनिटाईजरसँगै स्वास्थ्य सामग्री वितरण गरिरहेका छन् ।

    नेपालगञ्जमा रहेका लायन्स क्लवहरुले लायन्स आइसोलेसन कक्ष स्थापनाका गरेका छन् । उनीहरुले भारतका बिभिन्न क्षेत्रबाट आएका यात्रुहरुलाई दशगजा क्षेत्रमा खाना, पानीको व्यवस्था गर्नुका साथै स्वास्थ्य तथा खाद्यन्न सामग्री वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो । देशभरका लायन्स क्लबहरु फरक फरक तरिकाबाट कोरोना रोग नियन्त्रणका लागि जुटेको भट्टराई बताउनुहुन्छ ।

    डिष्ट्रिकका को–चिफ एडभाईजर सिद्धार्थलाल चुके अहिलेको विषम परिस्थितिमा सरकारले मात्र सबै गर्न नसक्ने भएकाले लायन्सहरुले आ–आफनो ठाउँबाट सहयोग गर्नु पर्ने बताउनु हुन्छ । उहाँका अनुसार देशभरका क्लबले कुनै न कुनै तरिकाबाट सघाईरहेका छन् । सेवामा समर्पित गर्नु लायन्स क्लबको उद्देश्य भएको चुके बताउनुहुन्छ । विश्वभरका क्लब तिनका सदस्य कोरोना रोग रोकथाम, नियन्त्रण र उपचार अभियानमा जुटिरहेको भन्दै जतिबेला दुःख पर्छ त्यतिवेला सेवामा लायन्सकर्मीहरु उपस्थित हुने गरेको बताउनुभयो ।

    सन् १९१७ मा अमेरिकाको सिकागो शहरमा स्थापना भएको लायन्स क्लब ईन्टरनेश्नलको हाल विश्वको २ सय १० भन्दा बढी देशहरुमा क्लब स्थापना भएका छन् । जसमा १४ लाख भन्दा बढी सामाजिक अभियान्ताहरु संगठिछ छन् ।

    लायन्स क्लब ईन्टरनेसनल डिष्ट्रिक ३२५ वि २ का द्धितीय भाईस डिष्ट्रिक्ट गभर्नर भट्टका अनुसार सन् १९७१ म नेपालमा पहिलो पटक लायन्स क्लब स्थापना भएको हो । हाल देशभर १ हजार ३ सय भन्दा बढी क्लबका ३३ हजार सदस्य नेपालमा रहेका छन् ।

    सेवाको भावका साथ खुलेका सबै क्लब र तीनका सदस्य अहिले रोग नियन्त्रण अभियानमा आ–आफनो ठाउँबाट जुटिरहेको भट्टको भनाई छ । नेपालका चार वटा डिष्ट्रिक मध्ये आफ्नो डिष्ट्रिक्ट भित्रका ३ सय ८१ क्लबका ९ हजार भन्दा बढी लायन्स सदस्य र २ हजार भन्दा बढी लियो सदस्यहरु अभियानमा जुटेको उहाँले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.