सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तत्कालिन समस्या समाधान गर्न आफै सक्षम : पत्रकार महासंघ चितवन


  •    न्युजभित्तो/१२ बैशाख २०७७, शुक्रबार ०९:२४ 
  • चितवन । नेपाल पत्रकार महासंघ चितवनले जिल्लाका सञ्चारकर्मीहरुको तत्कालिन समस्या समाधान गर्न आफै सक्षम रहेको जनाएको छ । महासंघका अध्यक्ष राधेश्याम खतिवडाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी संकटको समयका लाग राहत स्वरुप आर्थिक र जिन्सी सामग्री संकलन गर्नु नपर्ने जनाउनु भएको छ ।

    विज्ञप्तीमा भनिएको छ “जिल्लाका सञ्चारकर्मीहरुको तत्कालिन समस्या समाधान गर्न महासंघ आफै सक्षम रहेकोले कोही कसैले यो संकटको समयका लागि राहत स्वरुप आर्थिक संकलन र अन्य जिन्सी सामग्री संकलन नगर्न र संचारकर्मीका नाममा कुनैपनि प्रकारका सहयोग नउठाउन अनुरोध गर्दछौं ।”

    लकडाउनको समय अवधी लामो भएकोले परिस्थितिजन्य समस्या (खाद्यान्न, स्वास्थ्य उपचार आदि) को समस्या समाधान महासंघले गरिरहेको जानकारी गराउदै थप समस्या आइपरेमा नेपाल पत्रकार महासंघले त्यसको समाधान गर्न सहयोग र समन्वय गर्ने भएकोले तत्काल जानकारी गराउनु हुन जिल्लामा रहेका पत्रकारहरुलाई महासंघ चितवनले आग्रह गरेको छ ।

    कोरोना भाइरसको उच्च जोखिममा रहेपनि आम नागरिकलाई सुसुचित गराउन अग्रभागमा खटिएका पत्रकारहरुलाई र्‍यापिड टेष्ट सहितको परीक्षणको व्यवस्था मिलाउन महासंघले सरोकारवालासँग माग गरेको छ । कोरोनाको संक्रमणले उत्पन्न गराएको संकटका बीचमा पनि उच्च जोखिम मोलेर खटिएका पत्रकारहरुको सुरक्षाको सवालमा स्यवं पत्रकार आफै संवेदनशील बन्न आग्रह गर्दै संचारगृहलाई समेत अधिकतम मापदण्ड पूरा गराएर कर्ममा खटाउन आग्रह गरिएको छ ।

    विज्ञप्तीमा भनिएको छ “यो संकटपूर्ण अवस्थामा मिडिया व्यवस्थापकले उपलव्ध गराउनुपर्ने २०७६ चैत मासन्तसम्मको पारिश्रमिक समयमै उपलव्ध गराइदिन र यो समयमा कुनैपनि श्रमजीवि पत्रकारलाई बेतलबी बिदा वा अन्य कुनै वहानामा बिदा गर्ने काम नगर्न नगराउन अनुरोध गर्दछौं ।” संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरुको समस्या समाधानका लागि राहत सुविधा उपलव्ध गराउन स्थानीय सरकारसँग र स्वरोजगार मिडियाले राज्यबाट पाउनुपर्ने रकम तत्काल उपलव्ध गराउने वातावरण सृजना गर्न सरकारसँग महासंघले माग गरेको छ ।

    कोरोना संक्रमणको उच्चजोखिम मोलेर जनतालाई सूचना दिने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीहरुलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर समाचार सम्प्रेषण गर्न आव्हान गर्दै मिडिया प्रतिष्ठानले सञ्चारकर्मीलाई कार्यक्षेत्रमा खटाउँदा सुरक्षाका अधिकतम मापदण्ड पूरा गरेर मात्र खटाउन भनिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.