विराटनगर । देशभर ४८ जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएकोमा प्रदेश नम्वर १ का २८ जना रहेका छन् । प्रदेश १ मा सङ्क्रमितहरुमध्ये २६ पुरुष र दुई महिला रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।
सङक्रमितमध्ये १६ नेपाली नागरिक र १२ भारतीय नागरिक रहेका छन् । नेपाली नागरिकमध्ये चार मोरङका, ११ उदयपुर त्रियुगाका, तीन भूल्केका र एक सप्तरीका छन् । उनीहरुको प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ भने सङ्क्रमितको अवस्था सामान्य रहेको छ ।
प्रदेशमा चार हजार आठ सय १३ को कोरोना परीक्षण भएको छ । पिसीआर विधिबाट आठ सय ८४ को र दू्रत परीक्षण विधि (आरडिटी) बाट बिहीबारसम्म जम्मा तीन हजार नौ सय २९ को नमूना परीक्षण गरिएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या बिहीबारसम्म एक हजार ९२ पुगेको छ । २४ पुरुष डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । आइसोलेनसबाट १० जना डिस्चार्ज भएका छन् ।
होम क्वारेन्टाइनमा चार हजार नौ सय १० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला सात सय ९४ र पुरुष चार हजार एक सय १६ छन् ।