सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वतयारी र चुस्त व्यवस्थापन भए मात्रै विपद्लाई राम्रोसँग सामना गर्न सकिन्छ : राष्ट्रपति


  •    न्युजभित्तो/१२ बैशाख २०७७, शुक्रबार ०८:०३ 
  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाउनुभएकाको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै घाइते तथा अङ्गभङ्ग भई हालसम्म पनि समस्यामा रहनुभएकाको सहज जीवनको कामना गर्नुुभएको छ ।

    राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको सन्देशमा उक्त कामना गर्नुभएको छ । विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्प र त्यसपछिका भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका साथै ध्वस्त संरचनाको पुनःनिर्माणमा हामीले उदाहरणीय काम गर्न सकेको सन्देशमा भनिएको छ ।

    “भूकम्पको निरन्तर धक्काको कारण त्रास र भयमा रहनुभएका र घरबारविहीन हुनुभएका लाखौँ जनतालाई त्राण दिन हामी एकजुट भएका थियौँ, संकटका बेला एकजुट हुने राम्रो असल परम्परालाई हामीले कायम राख्नुपर्दछ”, सन्देशमा भनिएको छ, “प्राकृतिक विपद्ले ल्याएको संकटका बेला दिनरात नभनी र दुःखकष्टको प्रवाह नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”

    सरकारले राष्ट्रिय पुनःनिर्माण प्राविधरणको स्थापना गरी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण तथा प्रभावितको पुनःस्थापनाका कार्यलाई अघि बढाएको छ । यसबीचमा करिब पाँच लाख निजी आवास पुनःनिर्माण सम्पन्न हुनाका साथै करिब दुई लाख निजी आवास पुनःनिर्माणको प्रक्रियामा छन् ।

    “भूकम्पबाट क्षतिग्रस्त भएका शैक्षिक संस्था, स्वास्थ्य संस्था, विश्व सम्पदामा सूचीकृत सम्पदालगायत अन्य सांस्कृतिक धरोहर, पुल, सडक, खानेपानी, सरकारी भवन, सुरक्षा निकायका भवनको पुनःनिर्माणमा पनि उल्लेखनीय उपलब्धि हासिल भएका छन”, सन्देशमा भनिएको छ, “यसै सन्दर्भमा पुनःनिर्माण पुनःस्थापनाका कार्यमा लाग्नुहुने र सहयोग पुर्याउनुहुने सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।”

    देशको भौगोलिक अवस्थाले गर्दा भूकम्प, बाढी, डुबान, पहिरोजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा छौँ । यस संवेदनशील अवस्थालाई मध्यनजर गर्दै पर्यावरणमैत्री एवं सुरक्षित भौतिक पूर्वाधार तथा प्रकोप प्रतिरोध बस्ती निर्माण गरी जोखिम न्यूनीकरण गर्न ध्यान पुर्याउन पर्ने आवश्यक रहेको छ । सबै संरचनाको अध्ययन गरी कमजोर संरचनालाई प्रवलीकरण गर्दै भवनसंहिता अनुसार नयाँ संरचना बनाउने कार्यलाई अभियानका रुपमा अघि बढाउन आवश्यक सम्बन्धित निकायको ध्यान आकृष्ट गराइएको छ ।

    “सम्भावित विपद्का बारेमा सामुदायिक सचेतनाका साथै पूर्वतयारी र चुस्त व्यवस्थापन भए मात्रै विपद्लाई राम्रोसँग सामना गर्न र प्रभावकारी प्रतिकार्य गर्न सकिन्छ”, सन्देशमा भनिएको छ, “भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःनिर्माणका सिकाइले सुरक्षित नेपालको अभियानलाई अघि बढाउन र भविष्यमा विपद्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न थप सहयोग पुर्याउने छ भन्ने विश्वाल लिएको छु ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.