चितवनको इच्छाकामना गाउँपालिका, जसले हजार पैदलयात्रीको उद्धार गर्यो
"गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ सहयोगका लागि निरन्तर खटिरहेकी छिन् "
न्युजभित्तो/८ बैशाख २०७७, सोमबार १५:०९
चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले केन्द्र सरकारको निर्देशनानुसार पैदलयात्रीलाई सहजता प्रदान गर्दै आएको छ । विभिन्न जिल्लाबाट गाउँपालिकामा पर्ने पृथ्वी राजमार्ग हुँदै घर जान हिँडेका पैदलयात्रीलाई इच्छाकामना गाउँपालिकाले खाजा खुवाउँदै गाडी चढाएर घरतर्फ पठाउँदै गरेको छ ।
लकडाउनका कारण प्रभावित भई राजधानी काठमाडौँ र धादिङबाट घर जान राजमार्गमा हिँडेरै आएका पैदलयात्रीलाई चितवन र धादिङको सीमाना मौवाखोलामा खाजा खुवाउँदै गाडीमा चढाएर गन्तव्यतर्फ पठाउने गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । उहाँ पैदलयात्रुलाई आवश्यक सहयोग गर्न निरन्तर आफैँ खटिइरहनु भएको छ ।
अध्यक्ष गुरुङले भन्नुभयो, “म केही दिन अघिदेखि निरन्तर खटिरहेको छु । केन्द्रीय राजधानी काठमाडौँ र धादिङदेखि आएका पैदलयात्रीलाई खाजा खुवाएर गाडी चढाउँदै उनीहरुलाई गन्तव्यतर्फ पठाउने गरेको छु ।” गाउँपालिकाले पैदलयात्रीको स्वास्थ्य जाँचसमेत गरी पठाउने गरिएको उहाँले बताउनुभयो ।
अध्यक्ष गुरुङका अनुसार अहिलेसम्म झण्डै एक हजार पैदलयात्रीलाई मौवाखोलाबाट गाडीमा चढाएर गन्तव्यमा पठाइएको छ । यतिमात्र नभई गाउँपालिकाले लकडाउनकै बेला देशका विभिन्न स्थानमा काम गर्दागर्दै अलपत्र परेका इच्छाकामना गाउँपालिकाका झण्डै एक सय मजदूरलाई समेत उद्धार गरेको छ ।
कोरोना राहत कोषमा सहकारीको ५५ हजार यसैबीच साना किसान कृषि सहकारी संस्था लिमिटेड इच्छाकामना–४ कुरिनटारले कोरोना राहत कोषमा ५५ हजार रुपैयाँ सहयोग गरेको छ । सहकारीका अध्यक्ष नरबहादुर नेपालले गाउँपालिकाको कार्यालय कुरिनटारमा अध्यक्ष गीताकुमारी गुरुङलाई चेक हस्तान्तरण गर्नुभयो ।
कोभिड–१९ को जोखिमबाट बच्नका लागि गरिएको लकडाउनपछि दैनिक ज्यालादारी र विपन्न वर्गलाई दैनिक छाक टार्न गाह्रो भइरहेका बेला सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै कोरोना कोषमा आर्थिक सहयोग गरिएको सहकारीका अध्यक्ष नेपालले बताउनुभयो । गाउँपालिका अध्यक्ष गुरुङले साना किसान कृषि सहकारीलाई धन्यवाद दिँदै सबै एकजुट भएर लागे कोरोनाबाट बच्न सकिने बताउनुभयो ।
तस्विर : पैदलयात्रुलाई गाडीमा चढाएर गन्तव्यतर्फ पठाउँदै इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ (नीलो इष्टकोटमा) ।
चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले केन्द्र सरकारको निर्देशनानुसार पैदलयात्रीलाई सहजता प्रदान गर्दै आएको छ । विभिन्न जिल्लाबाट गाउँपालिकामा पर्ने पृथ्वी राजमार्ग हुँदै घर जान हिँडेका पैदलयात्रीलाई इच्छाकामना गाउँपालिकाले खाजा खुवाउँदै गाडी चढाएर घरतर्फ पठाउँदै गरेको छ ।
लकडाउनका कारण प्रभावित भई राजधानी काठमाडौँ र धादिङबाट घर जान राजमार्गमा हिँडेरै आएका पैदलयात्रीलाई चितवन र धादिङको सीमाना मौवाखोलामा खाजा खुवाउँदै गाडीमा चढाएर गन्तव्यतर्फ पठाउने गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । उहाँ पैदलयात्रुलाई आवश्यक सहयोग गर्न निरन्तर आफैँ खटिइरहनु भएको छ ।
अध्यक्ष गुरुङले भन्नुभयो, “म केही दिन अघिदेखि निरन्तर खटिरहेको छु । केन्द्रीय राजधानी काठमाडौँ र धादिङदेखि आएका पैदलयात्रीलाई खाजा खुवाएर गाडी चढाउँदै उनीहरुलाई गन्तव्यतर्फ पठाउने गरेको छु ।” गाउँपालिकाले पैदलयात्रीको स्वास्थ्य जाँचसमेत गरी पठाउने गरिएको उहाँले बताउनुभयो ।
अध्यक्ष गुरुङका अनुसार अहिलेसम्म झण्डै एक हजार पैदलयात्रीलाई मौवाखोलाबाट गाडीमा चढाएर गन्तव्यमा पठाइएको छ । यतिमात्र नभई गाउँपालिकाले लकडाउनकै बेला देशका विभिन्न स्थानमा काम गर्दागर्दै अलपत्र परेका इच्छाकामना गाउँपालिकाका झण्डै एक सय मजदूरलाई समेत उद्धार गरेको छ ।
कोरोना राहत कोषमा सहकारीको ५५ हजार
यसैबीच साना किसान कृषि सहकारी संस्था लिमिटेड इच्छाकामना–४ कुरिनटारले कोरोना राहत कोषमा ५५ हजार रुपैयाँ सहयोग गरेको छ । सहकारीका अध्यक्ष नरबहादुर नेपालले गाउँपालिकाको कार्यालय कुरिनटारमा अध्यक्ष गीताकुमारी गुरुङलाई चेक हस्तान्तरण गर्नुभयो ।